Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


सुनसरी तरुण दलले ‘वान बुथ ट्वान्टी यूथ’ अभियान चलाउने

एक्सन खबर
बैशाख, १६, २०७९


सुनसरी तरुण दलले ‘वान बुथ ट्वान्टी यूथ’ अभियान चलाउने

सुनसरी । नेपाल तरुण दल सुनसरीले ‘एक बुथ २० युथ’ कार्यक्रम अन्तरगत निर्वाचनको प्रत्येक बुथमा २० जना तरुण युवाहरु खटाउने भएको छ । नेपाली कांग्रेस सुनसरीका सबै पालिकाहरुका मतदान केन्द्रमा सुनसरी तरुणले आम मतदाताहरुलाई मतदानमा भाग लिनका लागि सहजीकरण गर्ने हिसाबले तरुणहरुलाई खटाउने भएको हो ।

तरुण दल सुनसरी सभापति सिजन गुरुङले जिल्लाका सबै पालिकामा राखिएका मतदान केन्द्रमा २०/२० जनाको समुहमा तरुण युवाहरु परिचालन गर्ने बताए । ‘२०५४ सालको स्थानीय तहमा तत्कालिन तरुण दल सभापति बालकृष्ण खाँडले ‘वान बुथ ट्वान्टी युथ’ अभियान चलाउनु भएको थियो । यसपल्ट सुनसरी तरुणले त्यसलाई जिल्लामा पुनः परिचालन गर्ने भएको छ ।’ कांग्रेस १ नं. प्रदेश सदस्य समेत रहेका गुरुङले भने ।

तरुण दलका स्वयंसेवकहरुले मतदान केन्द्रमा मतदाताहरुलाई आचारसंहिता भित्र रहेर गर्न सक्ने सबै प्रकारका सहयोग गर्नेछन् । बृद्ध, अशक्त, अपाङ्ग तथा फरक क्षमता भएका मतदाताहरुलाई मतदान स्थलसम्म पुर्याउने, नामावली रुजु गर्न सहजीकरण गर्ने, उम्मेदवारलाई गर्नुपर्ने सहयोग तथा वुथमा अन्य कुनैपनि आवश्यक सहयोग गर्नेछन् ।

यसैगरी जिल्लाका सबै पालिकाहरुमा तरुण दल निर्वाचन प्रचारप्रसार समिति समेत गठन गरेको छ । नेपाली कांग्रेससहित गठबन्धनबाट जिल्लाका सबै पालिकाहरुमा उठेका उम्मेदवारलाई जिताउनका लागि तरुण दल पालिका सभापतिहरुको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।

यसैगरी, मतदाता शिक्षालाई प्रभावकारी बनाउन क्षेत्रीय सभापतिहरुको संयोजकत्वमा मतदाता शिक्षा प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्नेछ । नेपाली कांग्रेसको प्रमुख भातृ संगठनका रुपमा रहेको नेपाल तरुण दलको सुनसरी जिल्ला कार्य समिति ७७ वटै जिल्ला कार्य समिति मध्ये उत्कृष्ट रहेको छ ।

सुनसरी तरुणले जिल्लामा कांग्रेसको राजनीति सँगै सामाजिक क्षेत्रमा पनि उल्लेखनीय कार्य गर्दै आइरहेको छ ।














0 प्रतिकृया