Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


फास्ट ट्रयाकमा लाेडर पल्टिँदा दुईजनाको मृत्यु

एक्सन खबर
बैशाख, १९, २०७९


फास्ट ट्रयाकमा लाेडर पल्टिँदा  दुईजनाको मृत्यु

हेटाैंडा । निर्माणाधीन निजगढ काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) मा लोडर पल्टिँदा दुईजना चिनियाँ नागरिकको मृत्यु भएको छ ।

बकैया गाउँपालिका ११ जितपुरभञ्ज्याङमा लोडर पल्टिँदा एकजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मृत्यु हुने दुवै चिनियाँ नागरिक भएको बताइएको छ । निर्माणाधीन फास्ट ट्रयाकमा खनेको माटो फाल्ने क्रममा लोडर पल्टिँदा उनीहरुको मृत्यु भएको हो ।

लोडर सडकबाट करिब ५० मिटर तल पुगेको छ । लोडरमा ५ जना चिनियाँ नागरिक र एकजना नेपाली रहेको प्रहरीले जनाएको छ । बाँकी ४ जनाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।













0 प्रतिकृया