Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


आयोगको ८ घण्टे स्पष्टीकरणबारे थाहा छैनः प्रचण्ड

एक्सन खबर
बैशाख, ३०, २०७९


आयोगको ८ घण्टे स्पष्टीकरणबारे थाहा छैनः  प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  आफूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोबारे केही जानकारी नरहेको बताएका छन् ।

भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान केन्द्रको बुथ नम्बर कm बाट मतदान गरेपछि प्रतिक्रिया दिँदै उनले आयोगले स्पष्टीकरण सोधेको विषयमा जानकारी नरहेको बताएका हुन् ।

मौन अवधिमा मतदातालाई प्रभावित पाररेको भन्दै बिहीबार आयोगले प्रचण्डसँग स्पष्टीकरण सोधेको थियो । तर, शुक्रबार प्रचण्डले स्पष्टीकरण सोधेको विषयमा जानकारी नआएको बताएका हुन् ।

आफूले देश दुर्घटनामा जान्छ भनेर नभनेको बताएका प्रचण्डले भने, ‘मैले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ भनेको होइन । मेरो भनाइ तोडमरोड गरियो । हँसिया हथौडामा नहाले, रेणुलाई भोट नहाले देश दुर्घटनामा जाने भनेकै होइन ।’

आफूलाई आयोगले स्पष्टीकरण सोधेको थाहा नपाएको बताएका प्रचण्डले भने, ‘८ घण्टे स्पष्टीकरणबारे थाहा छैन । सुनेको छैन ।’
 













0 प्रतिकृया