Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


माेरङ र बैतडीमा ११३ वर्षीया दुइ वृद्धाद्वारा मतदान

एक्सन खबर
बैशाख, ३०, २०७९


माेरङ र बैतडीमा ११३ वर्षीया दुइ वृद्धाद्वारा मतदान

काठमाडाैं । स्थानीय तहकाे निर्वाचनमा ११३ वर्षीय दुइ बृद्धाले मतदान गरेका छन् । सुदुरपश्चिमकाे बैतडी र प्रदेश १ काे माेरङमा ११३ वर्षीया वृद्धाद्वयले मतदान गरेका हुन् ।

बैतडीकाे पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट ११३ वर्षीय मानमती भट्टले मतदान गर्दा माेरङकाे सुन्दरहरैंचा ७ काे पञ्चायत मावि मतदान केन्द्रमा ११३ वर्षीया महेश्वरा अधिकारीद्वारा मतदान गरेकी हुन् । उनीहरू दुवैले आज भइरहेकाे निर्वाचनमा आआफ्नाे मतदान केन्द्रमा पहिलाे मतदान गरेका हुन् ।

देशमा बलियो व्यवस्था र गाउँठाउँको विकास होस् भनेर मतदान गरेको भट्टले बताइन् । बैतडीमा ४४० जनप्रतिनिधि छान्‍नका लागि मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ ।














0 प्रतिकृया