Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


किरियामा बसेका तीन दाजुभाइले गरे मतदान

एक्सन खबर
बैशाख, ३०, २०७९


किरियामा बसेका तीन दाजुभाइले गरे मतदान

खड्क सुनार
मुगु । मुगुको खत्याड गाउपालिका -८ सुकाढिक गाउँका तीन दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका छ्न् । आमाको मृत्यु भएको ७ दिन पुगेका उनीहरू १ घन्टा उकालो बाटो हिँडेर मतदान गरेका हुन् ।

उनीहरूले खत्याड गाउपालिका-८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । किरिया बस्ने दाजुभाइमा खत्याड गाउपालिका-८ सुकाढीक गाउँका ५६ वर्षीया कविराज कार्की,  माइला भाइ वीरबहादुर कार्की र जयसुर कार्कीले करिब साढे ८ बजेतिर मतदान गरेका हुन् ।

जेठा दाइ कविराज कार्की नेपाल टेलिभिजन मुगुका जिल्ला संवाददाता हुन् । पाँच वर्षमा एकपटक आउने स्थानीय तहका जनप्रतिनिधि छनोट गर्न राम्रा मान्छेलाई चुन्नु पर्ने भएकोले आफ्नो अमूल्य मतदान गर्न आएको कविराजले बताए ।

 













0 प्रतिकृया