Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


होस्टल एशोसिएसनको निर्वाचनमा भेटवाल प्यानलको उम्मेदवारी घोषणा

एक्सन खबर
जेठ, २२, २०७९


होस्टल एशोसिएसनको निर्वाचनमा भेटवाल प्यानलको उम्मेदवारी घोषणा

काठमाडौं । होस्टल व्यवसायीहरुको छाता संस्था नेपाल होस्टल एशोसिएसनको आगामी शनिवार हुने निर्वाचनका लागि उम्मेदवारी घोषणा गरिएको छ । आज बानेश्वरमा आयोजित घोषणा सभामा सुनील भेटवालको अध्यक्षतामा समुहको प्यानल घोषणा गरिएको हो ।

घोषणा अनुसार यो प्यानलको वरिष्ठ उपाध्यक्षमा अल्पना कर्माचार्य, महिला उपाध्यक्ष लीला केसी, महासचिव रेवती कुमार खड्का, सचिव किरण शर्मा र कोषाध्यक्ष घनश्याम रिसाललाई उम्मेदवार बनाईएको छ । त्यसैगरि सदस्यहरुमा राधिका घिमिरे, हिरामणि गौतम, बालकृष्ण गौतम, रमा योगी र महेश्वर सापकोटाको घोषणा गरिएको छ ।

घोषणा सभामा बोल्दै एशोसिएसनका महासचिव रुपाली पौडेलले संस्थामा दलगत राजनीति नगर्न सचेत गराउँदै राजनीति गर्ने भए त्यसका लागि अरु नै मञ्चहरु उपलब्ध भएको बताईन् । एशोसिएसनमा राजनीतिक दलको लुगा बाहिरै फुकालेर आउन आग्रह गर्दै सुनील भेटवालको यो प्यानलले आगामी दिनमा एशोसिएसनलाई सही दिशा दिन सक्ने भएकोले आफु यो प्यानलको साथमा रहेको घोषणा गरिन् ।

त्यसैगरि पूर्व अध्यक्ष राजीव जोशीले आप्mनो समर्थन यही प्यानललाई रहेको बताउँदै शुभकामना व्यक्त गरेका थिए । त्यस्तै सल्लाहकार ऋषिश्वर थपलियाले व्यावसायीको हित र संरक्षणका लागि यो समुहले चुनाव जितेर आगामी कार्यकालका लागि सम्पूर्ण होस्टल व्यवसायीहरुको नेतृत्व लिनु पर्ने आवश्यकता औंल्याए ।

सभामा बोल्दै अध्यक्षका उम्मेदवार सुनील भेटवालले आप्mनो प्यानलले जितेमा गर्ने कामहरु प्रस्तुत गरेका थिए । उनले व्यवसायीहरुले होस्टल सञ्चालनका क्रममा आईपर्ने विभिन्न समस्याहरुलाई समाधान गर्न जोखिम कोष स्थापना गर्ने, व्यवसायीहरुको सहजीकरणका लागि अडिटर, कानून व्यवसायी नियुक्त गर्ने, साँस्कृतिक तथा अन्य रिक्रिएशनल कार्यक्रमहरु गर्ने जानकारी गराए ।

प्यानललाई पूर्व अध्यक्षहरु, सल्लाहकारहरु र अधिकांश पदाधिकारीहरुको समर्थन रहेको सार्वजनिक भएपछि यो समुहतिर खुल्नेको संख्या बढिरहेको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा यो प्यानलको विजय सुनिश्चित भएकोले अग्रीम बधाई दिएका थिए । कार्यक्रममा द्रौपदी ओली, सुनीता बाटाजू, जया शर्मा लगायतले शुभकामना व्यक्त गर्दै यो प्यानलमा यतिका धेरै समर्थन भएकोले जीत निश्चित भएकोले अग्रीम शुभकामना व्यक्त गरेका थिए ।

सभामा उपाध्यक्ष उर्मिला भट्टराई बरालले स्वागत मन्तव्य राखेका थिए भने महासचिवका उम्मेदवार रेवती कुमार खड्काले सञ्चालन गरेका थिए ।













0 प्रतिकृया