Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


नोबेलद्वारा विराटचौकका १६६ जना जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार

एक्सन खबर
साउन, ६, २०७९


नोबेलद्वारा विराटचौकका १६६ जना जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार

विराटनगर, ६ साउन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिहीवार मोरङको सुन्दरहरैंचा नगरपालिका–९ स्थित विराटचौकमा मुटु तथा फोक्सो रोग शिविर सञ्चालन गरेको छ । स्थानीय जेष्ठ नागरिक एकता समाजसँगको सहकार्यमा नोबेलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको उपचार गरेको हो ।

शिविरमा ६० बर्ष नाघेका बृद्ध–बृद्धाको मुटु तथा फोक्सोसँग सम्बन्धित रोगको परीक्षण र उपचार गरिएको छ । नोबेल अस्पतालका मुटुरोग विशेषज्ञ डा.राजेश नेपाल नेतृत्वको डाक्टरहरुको टोलीले १६६ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको हो । त्यस्तै ११७ जनाको इको जाँच पनि गरिएको छ । जटिल समस्या भएका कारण शिविरमा उपचार सम्भव नभएका ४४ जना जेष्ठ नागरिकलाई अस्पताल रेफर गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

रेफर गरिएका बिरामीलाई नोबेलको बसद्वारा नै अस्पताल लगेर निःशुल्क  उपचार गरेपछि घर पुर्याउँने व्यवस्था मिलाइएको छ । नोबेल अस्पतालले ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसका कारण लाखौं बिरामी लाभान्वित भएका छन् ।

यो स्थान मोरङको क्षेत्र नंम्बर ३ मा पर्छ । जहाँ नोबेल अस्पतालका सञ्चालनसमेत रहेका डा. सुनिल शर्मा गत प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका थिए । उनी नेकपा एमालेका उमेदवार भानुभक्त ढकालसँग पराजित भए । पराजित भएर पनि उनी निरन्तर जनताको सेवामा लागि रहेका छन् ।

यसअघि नोबेलले मोरङको वयरवन गाउँपालिका–६ स्थित रमाइलोमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर १७० जना जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको उपचार गरेको थियो । अब पथरीशनिश्चरे र बेलबारी नगरपालिकामा पनि यस्तो शिविर सञ्चालन गरिने नोबेलले जनाएको छ । यसबाहेक क्षेत्र नंम्बर ३ मा नोबेलका स्वास्थ्यकर्मीहरुको दई वटा टोली परिचालन भएर नियमित रुपमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।













0 प्रतिकृया