Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


ला लिगाको उद्घाटन खेलमा सेभिया पराजित

एक्सन खबर
साउन, २८, २०७९


ला लिगाको उद्घाटन खेलमा सेभिया पराजित

काठमाडौं, २८ साउन । स्पेनिस ला लिगा फुटबल २०२२/२३ को उद्घाटन खेलमा बलियो मानिएको सेभिया ओसासुनासँग २-१ अन्तरले पराजित भएको छ ।

घरेलु टोली ओसासुनाको जितमा इजिक्वेल एभिला र एइमज ओरोजले समान एक एक गोल गरे । सेभियाका राफा मिरले सान्त्वना गोल  फर्काए । खेलको नवौं मिनेटमा इजिक्वेल एभिलाको गोलबाट ओसासुनाले सुरुवाती अग्रता लिएको थियो । ११औं मिनेटमा राफा मिरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ७४औं मिनेटमा एयमज ओरोजले पेनाल्टीमा गोल गर्दै ओसासुनालाई २–१ ले अघि बढाएपछि थप गोल निस्कन नसक्दा सेभिया पहिलो खेलमै स्तब्ध बन्न पुग्यो । जितसँगै ओसासुनाले महत्त्वपूर्ण तीन अंक जोडेको छ । यता, हारसँगै सेभियाको उपाधि यात्रामा पहिलाे खेलमै धक्का लागेको छ ।













0 प्रतिकृया