Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


मेस्सी र नेइमार बालाेन डि’ बाहिर

एक्सन खबर
साउन, २८, २०७९


मेस्सी र नेइमार बालाेन डि’ बाहिर

काठमाडाैं, २८ साउन । अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र ब्राजिली स्टार नेयमार यस वर्षको बालोन डि’ओरको मनोनयनमा पर्न असफल भएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फवार्डद्धय याे पल्टकाे बालाेन डि’ओरबाट बाहिर भएका हुन् ।

सर्वाधिक सातपल्टको बालोन डि’ओर विजेता मेस्सी सन् २००६ पछि पहिलोपटक मनोनयनमै पर्न असफल भए । फ्रान्स फुटबल म्यागजिनले पेरिसमा अक्टोबर १७, २०२२ मा प्रदान गरिने बालोन डी’ओर अवार्डका लागि ३० जनाको नाम सार्वजनिक गर्दा पिएसजीका स्टार मनोनयनमा परेका छैनन् ।

मेस्सी कतार विश्वकप सुरु हुनुअघि प्रदान गरिने विश्व चर्चित पुरस्कारको दौडमा छैनन् । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा रियल म्याड्रिडसँग पराजित भएपछि मेस्सी बालोन डि’ओरको मनोनयनमै नपर्नुलाई प्रमुख कारकको रुपमा हेरिएको छ । खेलमा मेस्सीले पेनाल्टी मिस गरेका थिए ।

यस्तै पिएसजीकै ब्राजिली स्टार नेयमार पनि मनोनयनमा परेका छैनन् । अवार्डमा रियल म्याड्रिडलाई ला लिगा र च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेबका कप्तान करिम बेन्जेमा सर्वाधिक चर्चामा छन् । रियलबाट ६ खेलाडी मनोनयनमा परेका छन् । यस्तै इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलबाट पनि समान ६ खेलाडी मनोनयनमा परेका छन् ।

यी हुन् मनोनयनमा परेका खेलाडी
करिम बेन्जेमा (रियल म्याड्रिड), थिवाउट कोर्टुवा (रियल म्याड्रिड), भिनिसियस जुनियर (रियल म्याड्रिड), क्यासमिरो (रियल म्याड्रिड), लुका मोड्रिच (रियल म्याड्रिड), एन्टेनियो रुडिगर (रियल म्याड्रिड/चेल्सी), मोहम्मद सलाह (लिभरपुल), ट्रेन्ट एलेक्सान्डार आर्नाेल्ड (लिभरपुल), लुयस डियाज (लिभरपुल), फाविन्हो (लिभरपुल), डार्विन नुनेज (लिभरपुल/बेन्फिका), भर्जिल भान डाइक (लिभरपुल), रियाद महारेज (म्यानचेस्टर सिटी), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), फिल फोडेन (म्यानचेस्टर सिटी), केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी), क्यान्सेलो (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी/डर्टमुन्ड), रोबर्ट लेवान्डोस्की (बार्सिलोना/बायर्न म्युनिख), ह्युङ मिन सन (टोटेनहम), ह्यारी केन (टोटेनहम), योसुवा किम्मिख (बायर्न म्युनिख), साडियो माने (बायर्न म्युनिख/लिभरपुल), राफयल लियो (एसी मिलान), मेक मेइगनान (एसी मिलान), क्रिस्टोफोर एनकुुकु (लाइप्जिग), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), केलियन एमबाप्पे (पिएसजी), हालेर (डर्टमुन्ड) र डुसान भ्लाहोभिक (युभेन्ट्स)













0 प्रतिकृया