Follow us:


Follow us

४ कार्तिक २०८३, मङ्गलवार
४ कार्तिक २०८३, मङ्गलवार


सर्वाेच्चले माग्याे भुवन केसीलाई नियुक्त गर्ने निर्णयको फायल

एक्सन खबर
साउन, ३०, २०७९


सर्वाेच्चले माग्याे भुवन केसीलाई नियुक्त गर्ने निर्णयको फायल

काठमाडौं, ३० साउन । सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फायल मागेको छ ।

नरेशकुमार पौडेलसहितले केसीको नियुक्तिविरुद्ध दायर गरेको रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले  सरकारको निर्णयको सक्कल फायल मागेको हो ।

साथै बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्नुको कारण माग पनि मागेको छ ।  विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै अध्यक्षका दाबेदार नरेश पौडेल, अरूणकुमार प्रधानसहित ५ जनाले गत शुक्रबार रिट दिएका थिए ।
 













0 प्रतिकृया