Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


नेपालीले एक महिनामा विदेशबाट आएको एक अर्ब ३३ करोडभन्दा बढीको फलफूल खाए

एक्सन खबर
भदौ, २२, २०७९


नेपालीले एक महिनामा विदेशबाट आएको एक अर्ब ३३ करोडभन्दा बढीको फलफूल खाए

काठमाडौं, २२ भदौ । नेपालमा एक महिनामा विदेशबाट १ अर्ब ३३ करोड ३७ लाख ९५ हजार रुपैयाँको विभिन्न फलफूल भित्रिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा विभिन्न देशबाट उक्त मूल्य बराबरको फलफूल नेपालमा भित्रिएको हो ।

सो अवधिमा विदेशबाट २ करोड ४६ लाख ८६ हजार ५७७ केजी विभिन्न फलफूल नेपालले आयात गरेको छ । गत साउन महिनामा नेपालले ६९ करोड ८७ लाख ३८ हजार रुपैयाँको स्याउ, ७ करोड ८६ लाख ३६ हजार रुपैयाँको केरा, ५ करोड ६४ लाख ३ हजार रुपैयाँको भुइकटहर, १ करोड १५ लाख २८ हजार रुपैयाँको एभोकाडो, १८ करोड ५ लाख ६९ हजार रुपैयाँको आँप र अम्बा नेपालले आयात गरेको छ ।

सोही अवधिमा नेपालले विभिन्न देशबाट ८७ लाख ५५ हजार रुपैयाँको सुन्तला, ५ करोड २० लाख ८१ हजार रुपैयाँको खरबुजा, ३ करोड २७ लाख ७४ हजार रुपैयाँको मेवा, १० करोड २ लाख १ हजार रुपैयाँको अनार आयात गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको विभिन्न फलफूलहरु विदेशबाट आयात गरेको थियो ।













0 प्रतिकृया