Follow us:


Follow us

१४ असार २०८३, आइतवार
१४ असार २०८३, आइतवार


कप्तान सन्दीप लामिछाने माथि बालिका बलात्कारकाे किटानी जाहेरी

एक्सन खबर
भदौ, २२, २०७९


कप्तान सन्दीप लामिछाने माथि बालिका बलात्कारकाे किटानी जाहेरी

काठमाडाै, २२ भदाै । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको छ ।

लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको हाे । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्रसिंह धानुकले सन्दिप लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी आएको बताए ।

'सन्दिप लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी आएको छ । नाबालिगको उजुरी हो’ धानुकले भने । मंगलबार साँझ नै पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको छ ।

एक उच्च अधिकारीका अनुसार पीडित बालिकाको परिवारले लामिछानेविरूद्ध बलात्कारको किटानी जाहेरी दिएको छ । लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको, त्यसपछि भदौ ५ गते लामिछाने पीडित युवतीसँग पिंगलास्थानकाे हाेटल काठमाडाैं इनमा २ पटक बलात्कार गरेको जिकीर छ ।

आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको प्रहरीसमक्ष बताएकी छन् । पीडित बालिकाकाे स्वास्थ्य जाँचपछि प्रहरीको संरक्षणमा राखिएको छ ।

सन्दीपले राति लठ्याएर दुई पटक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको सीसी टीभी फुटेज संकलन थालेको छ भने, होटलका कर्मचारीहरुसँग पनि सोधपुछ गर्दा उनी ५ भदौमा ती स्थानमा पीडितसँग गएको देखिएको प्रहरीले जनाएको छ ।

क्रिकेटर लामिछाने भदौ ६ गते टी-२० सिरिज खेल्न केन्या गएका थिए । केन्यामा पाँच खेलको टी-२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए ।













0 प्रतिकृया