Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


कप्तान सन्दीप लामिछाने माथि बालिका बलात्कारकाे किटानी जाहेरी

एक्सन खबर
भदौ, २२, २०७९




कप्तान सन्दीप लामिछाने माथि बालिका बलात्कारकाे किटानी जाहेरी

काठमाडाै, २२ भदाै । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको छ ।

लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको हाे । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्रसिंह धानुकले सन्दिप लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी आएको बताए ।

'सन्दिप लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी आएको छ । नाबालिगको उजुरी हो’ धानुकले भने । मंगलबार साँझ नै पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको छ ।

एक उच्च अधिकारीका अनुसार पीडित बालिकाको परिवारले लामिछानेविरूद्ध बलात्कारको किटानी जाहेरी दिएको छ । लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको, त्यसपछि भदौ ५ गते लामिछाने पीडित युवतीसँग पिंगलास्थानकाे हाेटल काठमाडाैं इनमा २ पटक बलात्कार गरेको जिकीर छ ।

आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको प्रहरीसमक्ष बताएकी छन् । पीडित बालिकाकाे स्वास्थ्य जाँचपछि प्रहरीको संरक्षणमा राखिएको छ ।

सन्दीपले राति लठ्याएर दुई पटक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको सीसी टीभी फुटेज संकलन थालेको छ भने, होटलका कर्मचारीहरुसँग पनि सोधपुछ गर्दा उनी ५ भदौमा ती स्थानमा पीडितसँग गएको देखिएको प्रहरीले जनाएको छ ।

क्रिकेटर लामिछाने भदौ ६ गते टी-२० सिरिज खेल्न केन्या गएका थिए । केन्यामा पाँच खेलको टी-२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए ।













0 प्रतिकृया