Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


बेलायतकी महारानी एलिजाबेथकाे निधन

एजेन्सी
भदौ, २४, २०७९




बेलायतकी महारानी एलिजाबेथकाे निधन

काठमाडौं, २३ भदौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षकाे उमेरमा  निधन भएको छ । उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् । बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बनेका छन् ।

महारानी एलिजाबेथको जन्म २१ अप्रिल १९२६ मा लण्डनको मेयफेयरमा भएको थियो । उनको वास्तविक नाम एलिजाबेथ एलेक्सान्ड्रा मेरी विन्डसर हो । एलिजाबेथ १९५२ मा बेलायतको महारानी बनेकी थिइन् ।

बेलायतको राजदरबार बकिङ्घम प्यालेस अगाडि बाहिर हजारौं मानिस भेला भएर उनको शोकमा फूल चढाइरहेका छन् । उनको मृत्युको सूचना बकिङ्घम प्यालेसको मुख्य प्रवेशद्वारमा राखिएको छ । महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेयता ठूलो सामाजिक परिवर्तनको साक्षी बनेकी थिइन् ।



















0 प्रतिकृया