Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


प्रेस काउन्सिल नेपालको वार्षिकोत्सवको पूर्वसन्ध्यामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर


प्रेस काउन्सिल नेपालको वार्षिकोत्सवको पूर्वसन्ध्यामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २ असोज । प्रेस काउन्सिल नेपालको ५३ औं बार्षिकोत्सव तथा सातौं संविधान दिवसको पूर्वसन्ध्यामा आयोजित वृहद् निःशुल्क स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजले पाँचसय बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । प्रेस काउन्सिल नेपालको कार्यालय सञ्चारग्राम तिलगंगामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सञ्चारकर्मीहरु सहित ५१४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

केएमसीका जनरल मेनेजर नारायण दाहालले उक्त कार्यक्रममा जनरल ९८, सर्जरी ३६, दन्त ३१, स्त्री राेग २१, ल्याब १०२, हाडजाेर्नी तथा नसा राेग २८ जनाकाे परीक्षणा गरिएकाे जानकारी दिए । दाहालका अनुसार उक्त शिविरमा नाक कान घाँटी १३ जना, भिडियाे एक्सरे ८२ जना, इसिजी १०३ जना गरी ५१४ जनाकाे निःशुल्क स्वास्थ्य परीक्षण गरिएकाे थियाे ।

स्वास्थ्य शिविरमा जनरल मेडिसिन, स्त्री रोग, शल्यक्रिया सर्जरी, हाडजोर्नी तथा नशा, छाला रोग, नाक कान घाँटी, आँखा, दन्त तथा बाल रोग विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गरेका थिए । त्यस्तै शिविरमा इसिजी, भिडियो एक्सरे तथा ल्याब सम्बन्धी सेवाहरु समेत निःशुल्क दिइएको थियो ।

केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले सञ्चारकर्मीहरुको स्वास्थ्य प्रति केएमसी सचेत रहेको बताउँदै सञ्चारजगतसँग सहकार्य गरेर अगाडी बढ्ने बताएका छन् । निःशुल्क स्वास्थ्य शिविरमा सञ्चारकर्मी तथा उनीहरुका परिवारले समेत सेवा लिएका थिए ।













0 प्रतिकृया