Follow us:


Follow us

९ असोज २०७९, आइतवार
९ असोज २०७९, आइतवार


केएमसीलाई राष्ट्रपति भण्डारीबाट प्रशंसापत्र

एक्सन खबर




केएमसीलाई राष्ट्रपति भण्डारीबाट प्रशंसापत्र

काठमाडौं, ६ असोज । काठमाडौं मेडिकल कलेजलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशंसापत्र गरेकी छन् । आज प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सव तथा संविधान दिवसको अवसरमा राष्ट्रपति भण्डारीले केएमसीलाई प्रशंसापत्र प्रदान गरेकी हुन् । प्रमाणपत्र केएमसीका चार्टर एकाउन्टेन्ट क्षितिज निराैलाले लिएका थिए ।

बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा केएमसीलाई प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा आयोजित निःशुल्क वृहत् स्वास्थ्य शिविर सम्पन्न गर्न सहयोग गरेवापत प्रशंसापत्र प्रदान गरिएको हो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायत विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको केएमसीका  जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

नेपालको स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले बताए । पछिल्लो समय केएमसीले गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित नागरिक समेत लाभान्वित भइरहेका छन् ।

केएमसीले सञ्चालन गर्दै आइरहेको निःशुल्क स्वास्थ्य शिविरले जेष्ठ नागरिक, महिला तथा बालबालिका र ग्रामिण क्षेत्रका नागरिक लाभान्वित भइरहेका छन् । निःशुल्क स्वाथ्य शिविरमा आँखा, नाक कान घाँटी, दन्त राेग, छाला राेग, स्त्री राेग, बालबालिका, नसा तथा हाडजाेर्नी लगायत जनरल मेडिसिन विशेषज्ञ चिकित्सकहरूले बिरामीकाे स्वास्थ्य जाँच गर्ने गरेका छन् । 

 

 














0 प्रतिकृया