भक्तपुरको झौखेलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, ७ भदौ । भक्तपुरको झौखेलमा काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । भक्तपुर वडा नं. ३ स्थित किड्स केयर मन्टेश्वरीसँगको सहकार्यमा केएमसीले आज गरेको उक्त निःशुल्क स्वास्थ्य शिविरमा ६२८ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।
केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त शिविरमा १२२ जनाको इसिजी, १६४ जनाको ल्याब परीक्षण र १९२ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै ११ जनाको दाँत खोलिएको तथा २७ जनालाई थप उपचारार्थ ओ.टी. रेफर गरिएको दाहालले जानकारी दिए ।
केएमसीले पछिल्लो समय सर्वसाधारणमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । विराटनगरका समाजसेवी डा. सुनिल शर्माले केएमसी लिएसँगै स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँदै लगिएको छ । कार्यकारी अध्यक्ष डा. शर्माले केएमसीलाई नेपालकै नमुना स्वास्थ्य संस्थाका रुपमा स्थापित गर्ने काम भइरहेको बताएका छन् ।
0 प्रतिकृया