Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


बुढानिलकण्ठ १० मा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
असोज, १२, २०७९


बुढानिलकण्ठ १० मा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, १२ असोज । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले बुढानिलकण्ठ नगरपालिका वडा नं. १० मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । केएमसीले जुगल नव गुरुकुल स्कुलमा जिपी फाउण्डेशनको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त शिविरमा ७५६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा आएका मध्ये १४७ जनाको इसिजी, २०३ जनाको ल्याव परीक्षण, १९७ जनाको भिडियो एक्सरे गरिएको छ । साथै, शिविरमा आएका १३ जनाको दाँत खोलिएको तथा ३७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको केएमसीका जनरल मेनेजर दाहालले जानकारी दिए ।

केएमसीले विभिन्न सामाजिक संस्था, क्लबहरुसँगको सहकार्यमा विगत दुई वर्षदेखि निरन्तर निःशुल्क स्वास्थ्य शिविरहरु चलाउँदै आइरहेको छ । केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले गाउँगाउँमा केएमसीको स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । डा. शर्माले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालबाट पनि हज्जारौं सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका छन् ।

उक्त स्वास्थ्य शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, मृगौला, स्त्री रोग, बालबालिका सम्बन्धी रोगका विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्दै आइरहेका छन् ।
















0 प्रतिकृया