Follow us:


Follow us

१६ वैशाख २०८३, बुधवार
१६ वैशाख २०८३, बुधवार


गाउँगाउँमा वित्तीय साक्षरता दिँदै भगवती चौधरीको फरवार्ड

एक्सन खबर
असोज, १८, २०७९


गाउँगाउँमा वित्तीय साक्षरता दिँदै भगवती चौधरीको फरवार्ड

सुनसरी, ११ असोज । गाउँगाउँमा लघुवित्त कार्यक्रम सञ्चालन गरी महिलाहरुलाई आत्मनिर्भरतातर्फ डोहोर्याईरहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले समुदायमा वित्तीय साक्षरता पनि फैलाउँदै गएको छ ।

सुनसरीको दुहवीमा प्रधान कार्यालय रहेको फरवार्डले आफ्ना विभिन्न शाखाहरु मार्फत गाउँगाउँमा वित्तीय साक्षरता सञ्चालन गरिरहेको हो । फरवार्ड माइक्रोफाइनान्स नेकपा एमालेकी प्रभावशाली नेतृ भगवती चौधरीले नेतृत्व गरेको संस्था हो ।

ग्रामिण अर्थतन्त्र त्यसमाथि पनि महिला उद्यमशीलतामा जोड दिँदै आएको फरवार्डले समुदायमा कर्जा प्रवाह गर्नु अगाडी नै सिपमुलक तालिमसहित वित्तीय साक्षरता दिने गरेको छ । कर्जा लिएकाहरुले कर्जाको सही सदुपयोग गरुन्, कर्जाको किस्ता समयमै बुझाउन् तथा कर्जाको दुरुपयोग नहोस् भनेर वित्तीय तालिमहरु दिइने गरेको फरवार्डका मेजेनर आशिष चौधरीले बताए । ‘प्रत्येक वर्ष माइक्रोफाइनान्सहरुलाई वित्तीय साक्षरता अभियान चलाउनु पर्ने नेपाल राष्ट्र बैंकको नियम छ । त्यसै अनुरुप हामीले देशैभरका शाखा मार्फत वित्तीय साक्षरता र व्यवसायिक सीपमुलक तालिम पनि दिएका हौं ।’ मेनेजर चौधरीले बताए ।



फरवार्डले बाख्रा पालन, गाई पालन, बंगुर पालन तथा घरेलु उद्यमका लगायतमा महिलाहरुलाई तालिम दिँदै आएको छ । तालिममा सहभागीहरुले कर्जा लिएपछि त्यसलाई कसरी सदुपयोग गर्ने, कसरी समयमा कर्जाको किस्ता तिर्ने, व्यवसायलाई कसरी नाफामा लग्न सकिन्छ भन्ने ज्ञान प्राप्त गरेको बताएका छन् ।

फरवार्डले सुनसरी, मोरङ, झापा, बारा, पर्सा लगायत शाखाहरु भएका अधिकांश जिल्लामा वित्तीय तालिम प्रदान गरिररहेको तथा यसरी तालिम दिँदा वित्तीय जोखिम पनि कम हुने मेनेजर चौधरीले जानकारी दिए ।

महिलाहरुलाई आर्थिक अधिकार दिँदा परिवार र समाजमा हुने विभिन्न खाले विभेद र हिंसा न्यूनिकरणमा टेवा दिने फरवार्डकी अध्यक्ष समेत रहेकी महिला अधिकारवादी नेतृ भगवती चौधरीको बुझाई छ । २०५१ सालमा ग्रामिण महिला उत्सुकता मञ्च नामक गैरसरकारी संस्था स्थापना गरी गाउँगाउँमा महिलाहरुलाई संगठित गर्दै साक्षरता अभियान चलाएकी चौधरीले पुरुषले भन्दा महिलाले कुनैपनि काम जिम्मेवारी पूर्वक गर्ने बताइन् । ‘कुनै महिला कार्यालयमा काम गर्छिन् भने उनले चुल्हो चौको, छोराछोरी, श्रीमान लगायत परिवारका सबै काम सकाएर कार्यालय जान्छिन् । यसको अर्थ उनीहरु पुरुषभन्दा बढी काम गर्छन् र जिम्मेवारी पनि उत्तिकै निर्वाह गर्छन् ।’ तीन दशकदेखि महिला अधिकार र आर्थिक क्षेत्रमा सक्रिय चौधरीले भनिन् ।

फरवार्डले समुदायमा महिलामार्फत लगानी गरी महिलाहरुलाई आत्मनिर्भरता तर्फ अग्रसर बनाएको चौधरीको दावी छ । फरवार्डले देशका ४० जिल्लाहरुमा शाखा विस्तार गरेको छ । जहाँ करिब तीन लाख महिलाहरु सदस्य रहेका छन् । फरवार्डबाट कर्जा लिएर उद्यमशील र आत्मनिर्भर हुने महिलाहरु हज्जारौं रहेका छन् ।

घरेलु व्यवसाय, कृषि, पशुपालन, माछा पालन, तरकारी खेतीसँगै किराना पसल, होटल व्यवसाय लगायतका क्षेत्रमा महिलाहरु आत्मनिर्भर भएका छन् । सुनसरी मोरङमा महिलाहरु आत्मनिर्भर मात्र भएका छैनन् कतिले धेरैलाई रोजगारी समेत दिइरहेका छन् ।














0 प्रतिकृया