Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


गाउँगाउँमा वित्तीय साक्षरता दिँदै भगवती चौधरीको फरवार्ड

एक्सन खबर
असोज, १८, २०७९




गाउँगाउँमा वित्तीय साक्षरता दिँदै भगवती चौधरीको फरवार्ड

सुनसरी, ११ असोज । गाउँगाउँमा लघुवित्त कार्यक्रम सञ्चालन गरी महिलाहरुलाई आत्मनिर्भरतातर्फ डोहोर्याईरहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले समुदायमा वित्तीय साक्षरता पनि फैलाउँदै गएको छ ।

सुनसरीको दुहवीमा प्रधान कार्यालय रहेको फरवार्डले आफ्ना विभिन्न शाखाहरु मार्फत गाउँगाउँमा वित्तीय साक्षरता सञ्चालन गरिरहेको हो । फरवार्ड माइक्रोफाइनान्स नेकपा एमालेकी प्रभावशाली नेतृ भगवती चौधरीले नेतृत्व गरेको संस्था हो ।

ग्रामिण अर्थतन्त्र त्यसमाथि पनि महिला उद्यमशीलतामा जोड दिँदै आएको फरवार्डले समुदायमा कर्जा प्रवाह गर्नु अगाडी नै सिपमुलक तालिमसहित वित्तीय साक्षरता दिने गरेको छ । कर्जा लिएकाहरुले कर्जाको सही सदुपयोग गरुन्, कर्जाको किस्ता समयमै बुझाउन् तथा कर्जाको दुरुपयोग नहोस् भनेर वित्तीय तालिमहरु दिइने गरेको फरवार्डका मेजेनर आशिष चौधरीले बताए । ‘प्रत्येक वर्ष माइक्रोफाइनान्सहरुलाई वित्तीय साक्षरता अभियान चलाउनु पर्ने नेपाल राष्ट्र बैंकको नियम छ । त्यसै अनुरुप हामीले देशैभरका शाखा मार्फत वित्तीय साक्षरता र व्यवसायिक सीपमुलक तालिम पनि दिएका हौं ।’ मेनेजर चौधरीले बताए ।



फरवार्डले बाख्रा पालन, गाई पालन, बंगुर पालन तथा घरेलु उद्यमका लगायतमा महिलाहरुलाई तालिम दिँदै आएको छ । तालिममा सहभागीहरुले कर्जा लिएपछि त्यसलाई कसरी सदुपयोग गर्ने, कसरी समयमा कर्जाको किस्ता तिर्ने, व्यवसायलाई कसरी नाफामा लग्न सकिन्छ भन्ने ज्ञान प्राप्त गरेको बताएका छन् ।

फरवार्डले सुनसरी, मोरङ, झापा, बारा, पर्सा लगायत शाखाहरु भएका अधिकांश जिल्लामा वित्तीय तालिम प्रदान गरिररहेको तथा यसरी तालिम दिँदा वित्तीय जोखिम पनि कम हुने मेनेजर चौधरीले जानकारी दिए ।

महिलाहरुलाई आर्थिक अधिकार दिँदा परिवार र समाजमा हुने विभिन्न खाले विभेद र हिंसा न्यूनिकरणमा टेवा दिने फरवार्डकी अध्यक्ष समेत रहेकी महिला अधिकारवादी नेतृ भगवती चौधरीको बुझाई छ । २०५१ सालमा ग्रामिण महिला उत्सुकता मञ्च नामक गैरसरकारी संस्था स्थापना गरी गाउँगाउँमा महिलाहरुलाई संगठित गर्दै साक्षरता अभियान चलाएकी चौधरीले पुरुषले भन्दा महिलाले कुनैपनि काम जिम्मेवारी पूर्वक गर्ने बताइन् । ‘कुनै महिला कार्यालयमा काम गर्छिन् भने उनले चुल्हो चौको, छोराछोरी, श्रीमान लगायत परिवारका सबै काम सकाएर कार्यालय जान्छिन् । यसको अर्थ उनीहरु पुरुषभन्दा बढी काम गर्छन् र जिम्मेवारी पनि उत्तिकै निर्वाह गर्छन् ।’ तीन दशकदेखि महिला अधिकार र आर्थिक क्षेत्रमा सक्रिय चौधरीले भनिन् ।

फरवार्डले समुदायमा महिलामार्फत लगानी गरी महिलाहरुलाई आत्मनिर्भरता तर्फ अग्रसर बनाएको चौधरीको दावी छ । फरवार्डले देशका ४० जिल्लाहरुमा शाखा विस्तार गरेको छ । जहाँ करिब तीन लाख महिलाहरु सदस्य रहेका छन् । फरवार्डबाट कर्जा लिएर उद्यमशील र आत्मनिर्भर हुने महिलाहरु हज्जारौं रहेका छन् ।

घरेलु व्यवसाय, कृषि, पशुपालन, माछा पालन, तरकारी खेतीसँगै किराना पसल, होटल व्यवसाय लगायतका क्षेत्रमा महिलाहरु आत्मनिर्भर भएका छन् । सुनसरी मोरङमा महिलाहरु आत्मनिर्भर मात्र भएका छैनन् कतिले धेरैलाई रोजगारी समेत दिइरहेका छन् ।














0 प्रतिकृया