Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


आज प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता

एक्सन खबर
असोज, २३, २०७९


आज प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता

काठमाडौं, २३ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज हुँदै छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।

आगामी मंसिर ४ गते एकै चरणमा हुने निर्वाचनका लागि देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएकाे छ । उम्मेदवारी दर्ता गर्न जाँदा उम्मेदवारले मुख्य निर्वाचन अधिकृतकाे कार्यालय र निर्वाचन अधिकृतकाे कार्यालय परिसरमा

प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा आफैँ उपस्थित हुन नसके प्रतिनिधि वा वारेस मार्फत पनि उम्मेदवारी दिन सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिएका छन् ।

आयोगले आज दर्ता भएकाे उम्मेदवारीमा २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन गर्ने कार्य तालिका बनाएकाे छ । २६ असोजमा उम्मेदवारले नाम फिर्ताको समय पाउने र अन्तिम नामावली त्यसै दिन प्रकाशन गरेर चुनाव चिह्न वितरण गरिने आयोगको कार्यतालिका छ ।

आयोगले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची बुझाउने समय २२ असोजलाई तोकेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्तिले प्रत्यक्षतर्फ भने उम्मेदवार हुन पाउने छैनन् ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सबै तयारी पूरा भएको जनाउँदै निर्वाचनका दिन मतदाता तथा सर्वसाधारणको आवागमनलाई सहज बनाउन सीमित सार्वजनिक सवारी साधन चल्न दिने समेत निर्णय गरेको प्रमुख आयुक्त थपलियाले बताए ।













0 प्रतिकृया