Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


विजयकुमार गच्छदारको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

एक्सन खबर
असोज, २४, २०७९


विजयकुमार गच्छदारको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

काठमाडौं, २४ असोज । ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारी विरुद्ध उजुरी परेको छ । आज सोमबार काठमाडौंका एक युवाले सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका गच्छदार विरुद्ध निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।

काठमाडौं ७ बस्ने युवा विवेक अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी दिएकोमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचन क्षेत्रमा उजुरी पठाउन निर्देशन दिएका थिए ।

आयोगले हिजो आइतबार उम्मेदवारी दर्ता गराएकाहरु विरुद्ध आज उजुरी आब्हान गरेको थियो । सोहि अनुसार ललिता निवास सरकारी जग्गा प्रकरणमा विशेष अदालतमा १० लाख धरौटी बुझाएर रिहा भएका गच्छदारसँग चुनाब लड्ने नैतिकता नभएको भन्दै ती युवाले उजुरी दर्ता गराएको बताए । ‘भ्रष्टाचार, फौजदारी अभियोग लागेकाहरुले चुनाब लड्न मिल्दैन । उनीहरुले चुनाब जितेपनि मुद्दाको फैसला नहुन्जेल सांसद समेत हुन नपाउने भएकोले ठाउँ नै ओगट्न किन चुनाब लड्नु पर्यो ?’ उनले भने ।

उजुरी अनुसार २०७६ साल माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै गच्छदारसहित १७५ जनालाई भ्रष्टाचारको मुद्दा दायर गरेकोमा आरोपित गच्छदार १० लाख धरौटीमा रिहा भएका हुन् । गच्छदारलाई वि.सं.२०६७ सालमा भौतिक, योजना तथा निर्माणमन्त्री भएको बेला सरकारी जग्गा व्यक्तिलाई नामसारी गराएका थिए ।

‘विजयकुमार गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हो । कानुनतः गच्छदारले चुनाब लड्न पाएता पनि निष्कलंक, स्वच्छ र नैतिकवान उम्मेदवार पाउनु जनताको पनि अधिकार हो ।’ उजुरीमा भनिएको छ । प्राप्त उजुरी अध्ययन गरी छानविन गरिने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।













0 प्रतिकृया