बुढानिलकण्ठ गाम्चामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, २५ असोज । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले बुढानिलकण्ठको गाम्चामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । केएमसीले आज मंगलबार कम्युनिटी केयर नेपालसँगको सहकार्यमा बुढालिकण्ठ नगरपालिका वडा नं. १३ गाम्चामा निःशुल्क स्वास्थ्य शिविर चलाएको हो ।
केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा ९४२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
स्वास्थ्य शिविरमा ११७ जनाको इसिजी, २०३ जनाको ल्याब परीक्षण, १८९ जनाको भिडियो एक्सरे गरिएको थियो । यस्तै, २९ जनाँको दाँत खोलिएको तथा ४३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको जनाइएको छ ।
मोरङको बिराटनगरमा नोबेल शिक्षण अस्पतालमार्फत पूर्वका विभिन्न क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै हज्जारौंलाई सेवा दिँदै आएका डा. सुनिल शर्माले केएमसी लिएसँगै त्यहाँको स्वास्थ्य सेवालाई घरघरमा पुर्याउने काम गरेका छन् । स्वास्थ्य सवा मार्फत देश र जनताको सेवा गर्ने अठोट लिएका डा. शर्माले केएमसीलाई सुविधा सम्पन्न बनाउँदै लैजाने बताएका छन् ।
0 प्रतिकृया