Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


गठबन्धन सरकार बिकाउ मालः केपी ओली

एक्सन खबर
कार्तिक, ३, २०७९


गठबन्धन सरकार बिकाउ मालः  केपी ओली

झापा, ३ असाेज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि मुलुकमा एमालेको सरकार बन्ने बताएका छन् । गृह जिल्ला झापामा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि एमालेलाई जनताले सरकारको नेतृत्वमा पुर्याउने बताए ।

नेपाल समृद्ध हुनुपर्ने र सबै नेपाली जनता सुखी हुनुपर्ने अभियानमा एमाले लागिरहेको भन्दै उनले सूर्य चिन्हमा मतदान गरेर एमालेको सरकार बनाउन सबै नेपालीलाई आह्वान गरे । आफू नेतृत्वको सरकारले राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिसँगै हरेक क्षेत्रमा असाधारण काम गरेको र देशको विकास गर्न एमालेकै सरकार चाहिने अध्यक्ष ओलीले बताए ।

एमालेले सरकारको नेतृत्व गर्दा देशको आर्थिक अवस्था ठिक रहेको तर गठबन्धन सरकार आएपछि अर्थतन्त्र सङ्कटमा परेको उनकाे भनाइ छ । अरूका लागि कम्फरटेबल सरकार बनाइदिने उद्घोष सहित बनेको गठबन्धन सरकार बिकाउ माल भएको पनि उनले जिकीर गरे ।

देश लुटेर खाने बाहेक गठबन्धन दलले केही गर्न नसकेका अध्यक्ष ओलीले बताउँदै  नेपाली जनताले हिजो देखेका विकासका सपना आज विपनामा परिणत भएको जनाए । यस्तै, झापा निर्वाचन क्षेत्र नं. ५ का कार्यकर्ताहरूसँगको भेटघाटमा ओलीले हिजो आमसभामा गाउँ– गाउँ जाँदा गाडीमा नै फरुवा, कोदालो सँगै लिएर जानुपर्ने अवस्था रहेकाे बताउँदै अहिले गाउँमा शहर बजार देशैभरि विकासले फड्को मारेको पनि बताए । 

आफ्नो नेतृत्वको सरकारका तीन बर्षमा विकास के हो भन्ने कुरा गाउँगाउँसम्म प्रमाणित हुने गरी पुगेको उनकाे भनाइ छ । त्यति वेला यो ठाउँमा पक्की पुल, सडक निर्माण हाम्रो पालामा हुन्छ र ? भनेर सपना ठान्ने जनताका लागि अहिले विकास विपना भएको अध्यक्ष ओलीको भनाई थियो ।  नेकपा (एमाले) विचार, नीति र कार्यक्रम प्रष्ट भएको पार्टी हो । विकास योजना र कार्यक्रम कसरी अघि बढाउने भन्ने प्रतिवद्धता पत्र आगामी १५ गतेसम्ममा जनतासमक्ष ल्याइने छ ।’ उनले भने ।

देशभर भूकम्पपीडितका सातलाख भन्दा बढी पक्की घर बनाएर जनतालाई सुरक्षित घरमा राख्न सफल भएको,  हजारौं सरकारी भवन, सेनाको प्रधान कार्यालयदेखि लिएर ठूलाठूला संरचना निर्माण गरिएका, अस्पताल, विद्यालय, क्याम्पस, विजनेस कम्प्लेक्स समेत निर्माण गरिएको चर्चा गरे । आफूले सरकारको नेतृत्व गर्न पाउनेवित्तिकै नयाँ ढङ्गले देशमा विकासको लहर र तरङ्ग सिर्जना गरेको अध्यक्ष ओलीले बताए ।

यसैबीच नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य  मुरारी भण्डारी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आज साँझ बालकोटमा भण्डारीलाई खादा र अवीर लगाई पार्टीमा स्वागत गरे ।













0 प्रतिकृया