Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


एमालेले आर्थिक वृद्धिका आधारमा सामाजिक सुरक्षा भत्ता बढाउने

एक्सन खबर
कार्तिक, १५, २०७९


एमालेले आर्थिक वृद्धिका आधारमा सामाजिक सुरक्षा भत्ता बढाउने

काठमाडाैं, १५ कार्तिक । नेकपा एमालेले आर्थिक वृद्धिका आधारमा मात्रै सबै प्रकारका सामाजिक सुरक्षा भत्ताहरु बढाउने घोषणा गरेको छ । २०७४ सालको निर्वाचनमा एमालेले मासिक ५ हजार वृद्धभत्ता पुर्‍याउने घोषणा गरेकोमा याे पल्टकाे निर्वाचन घाेषणापत्र सार्वजनिक गर्दै आर्थिक वृद्धिका आधारमा सामाजिक सुरक्षा भत्ता बढाउने घाेषणा गरेकाे हाे ।

अहिले मासिक ४ हजार रुपैयाँ भत्ता दिने गरिएको छ । गर्भावस्थामा पोषण र स्वास्थ्य परीक्षण, बाल्यावस्थामा बालसंरक्षण अनुदान, विद्यालय उमेरमा निःशुल्क शिक्षा र दिवा खाजा, वयस्क उमेरमा कामको ग्यारेन्टी र न्यूनतम ज्याला तथा वृद्ध अवस्थामा सामाजिक सुरक्षा भत्ताको प्रबन्ध गरी हरेक व्यक्तिलाई गर्भावस्थादखि वृद्धावस्थासम्म राज्यद्वारा सुरक्षा दिइने एमालेको घोषणापत्रमा समावेश गरेकाे छ ।

ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिका गरी पाँच वर्षमा ६० लाखले सामाजिक सुरक्षा भत्ता पाउने एमालको घोषणापत्रमा उल्लेख छ ।

‘अधिकांश श्रमिक तथा कर्मचारी सामाजिक सुरक्षाको दायरामा आएका हुनेछन् । औपचारिक क्षेत्रका सबैर अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने छन्,’ घोषणापत्रमा भनिएको छ,‘स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने छ ।’

हाल १५ हजार रुपैयाँ रहेको न्यूनतम ज्याला मासिक २५ हजार रुपैयाँ पुर्‍याउने एमालेको संकल्प छ ।

हेर्नुहाेस् एमालेकाे घाेषणा पत्र













0 प्रतिकृया