Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


मंसिर ४ काे निर्वाचन पछि भूमिहिनलाई लालपुर्जाः डा. सुनिल शर्मा

एक्सन खबर
कार्तिक, १८, २०७९


मंसिर ४ काे निर्वाचन पछि भूमिहिनलाई लालपुर्जाः डा. सुनिल शर्मा

मोरङ, १८ कार्तिक । मोरङ क्षेत्र नम्बर ३ मा संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका साझा उम्मेद्वार डाक्टर सुनिल शर्माले मंसिर पछि बन्ने गठवन्धन सरकारले २ वर्षभित्र भूमिहिन नागरिकलाई पहिलो चरणको धनिपुर्जा वितरण गरिसक्ने बताएका छन् । समाजसेवा र चिकित्सा शिक्षासँगै राजनीतिमा होमिएका डा. शर्माले निर्वाचन घरदैलो कार्यक्रममा सहभागी हुँदै मोरङको थपरेमा आयोजित कोणसभामा उक्त कुरा बताएका हुन् ।

विपन्न नागरिक र मोरङको विकास र प्रवर्द्धनका लागि मात्र नभई सिंगो मुलुकको विकासका लागि आफु राजनीतिमा होमिएको चर्चा गर्दै प्रतिनिधिसभाका उम्मेद्वार डा. शर्माले आफुहरु आश्वासन दिन होइन कामै गर्न आएको दावी गरे । नीजि क्षेत्रबाट समेत आफ्नो क्षेत्रका जनताप्रति उल्लेख्य काम गर्दै आएका डा. शर्माले जनताको जिवनस्तर सुधार हुने गरी काम गर्न राजनीतिमा लागेको बताए ।

कुनैपनि नागरिक भूमिहिन हुनु हुँदैन, घरबार विहिन हुनुहुँदैन । मंसिर ४ गते पछि नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले २ वर्षभित्र भूमिहिन नागरिकलाई जग्गाधनी पुर्जा वितरण गर्छ । डा. शर्माले भने ।

आफुले यस अघिको निर्वाचन जित्न नसकेपनि व्यक्तिगत रुपमा सकेजति र सक्नेजति काम गरेको भन्दै सांसद भएर संसद भवनमा गएपछि जनताले गुनासो गर्न नपाउने गरि काम गर्ने पनि बताए ।

शर्माले मोरङ क्षेत्र नम्बर ३ सहित देशभर गठवन्धनको जित सूनिश्चित भइसकेका कारण मंसिरमा नयाँ सरकार बने लगत्तै जनता माझ गरेका बाचा पुरा गर्न सरकार, संसद र गठवन्धन दलहरु एक भएर लाग्नेपनि बताए ।

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नं. ३ मा डा. सुनिल शर्माको पल्ला भारी भएको छ । सो क्षेत्रबाट ०७४ सालको निर्वाचनमा नेकपा एमालेका भानुभक्त ढकालले ढकालले चुनाब जितेपनि सरकारमा रहँदा कुनै काम नगरेको आरोप छ । साथै, कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिदमा मुछिएकाले मतदाता रुष्ट छन् । डा. सुनिल शर्मा स्थानीय व्यक्ति भएकाले जनताका गुनासाहरु बुझाउन सकिने भएकाले उनीहरु कांग्रेसका उम्मेदवारलाई मतदान गर्न मनस्थितिमा छन् ।















0 प्रतिकृया