धनी पुर्जा वितरण जस्तो विषयलाई एमालेले मजाक गर्योः डाक्टर सुनिल शर्मा
एक्सन खबर
पथरीशनिश्चरे, ३० कात्तिक । प्रतिनिधि सभामा मोरङ क्षेत्र नं.३ बाट नेपाली कांग्रेसका उमेद्वार डाक्टर सुनीलकुमार शर्माले नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी दिएपछि भूमिहिन सुकुम्बासी, भूमिहिन दलितलाई धनीपुर्जा दिन रोकिएको बताएका छन् ।
सरकारले कानेपोखरी र सुन्दरहरैचामा धनीपुर्जा वितरण गर्न सुरु गरेपछि एमाले अत्तालिँदै निर्वाचन आयोग पुगेको शर्माको भनाई छ । उनी आइतबार मोरङ क्षेत्र नं. ३ अन्तरगतको पथरीशनिश्चरे ८ स्थित सोमबारे बजारमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनाबी सभामा बोल्दै थिए । उनले भने–‘एमाले आफू पनि काम गर्दैन, अरुलाई पनि काम गर्न दिँदैन ।’ गठबन्धन सरकारले सुकुम्बासीलाई धनीपुर्जा दिँदा एमाले पत्तासाफ हुने डरले आयोगमा उजुरी दिएको उनले बताए ।
‘धनी पुर्जा वितरण जस्तो विषयलाई एमालेले मजाक गर्यो । गरिव सुकुम्बासीलाई धनीपुर्जा चाहिएको हो । जुन सरकारले दिए पनि नागरिकलाई जग्गा धनी बनाउने हो । तर, एमाले डरायो’, उनले दोहोर्याएर भने–‘गरिव दुःखीको गाँस,वास र कपासका विषयमा ३ दशक देखि यो क्षेत्रमा एमालेले राजनीति गरिरहेको छ ।’
डाक्टर शर्माले गरिव, दुःखी र अति विपन्नको उपचार गर्दा समेत एमालेले आचार संहिता बिरुद्ध भयो भनेर रोकेको बताउँदै एमाले एण्ड कम्पनीले गरिव र सुकुम्बासीको नाममा मत लिएर पनि उनीहरू पक्षमा काम गर्न नसकेको बताए । मतदाता धनी भएभने गरिव, दुःखी र सर्वहाराको नाममा मत माग्न नपाइने डरबाट एमाले त्रसित रहेको उल्लेख गर्दै अब गल्ती नदोहोर्याउन आग्रह गरे ।
संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका हजारौ कार्यकर्ताको सहभागितामा भएको कार्यक्रममा शर्माले पाहुना नेतालाई पुनः जिताए ५ वर्षसम्म पछुताउनु पर्ने बताए । शर्माले सके सरकारी स्तरबाट नभए पनि नीजि लगानीमा क्षेत्रका २६ वटै वडामा एम्बुलेन्स सञ्चालन गर्ने उद्घोष गरे ।
कसैले पनि अब पैसाको अभावमा उपचार नपाएर मर्नु नपर्नेमा जोड दिँदै उनले भने–‘हामी काम गरेर देखाउँछौं । चुनाब हारेर पनि आफू नभागेको बताउँदै डाक्टर शर्माले चुनाव जितेर गएकाहरू राज्यको सम्पत्ति दोहनमा लागे । हामीहरू अक्सिजन, मास्क, खाद्यान लिएर गाउँ गाउँ गयौं ।’
कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका नेता एवं प्रतिनिधिसभामा समानुपातिक उमेद्वार कृष्णकुमारी विकले एमालेको सर्वसत्तावाद विरुद्ध गठबन्धनको जित आवश्यक रहेको बताइन् । उनले भनिन–‘संविधानको रक्षा भए मात्र ब्यवस्था जिवित रहन्छ । ब्यवस्था जोगाउनका लागि गठबन्धनको जीत आवश्यक छ ।’
0 प्रतिकृया