Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


५ वर्ष अगाडी नै जनताको मन जितेका डा. शर्मा यो पटक मत जित्दै

एक्सन खबर
कार्तिक, २१, २०७९


५ वर्ष अगाडी नै जनताको मन जितेका डा. शर्मा यो पटक मत जित्दै

बेलबारी,२१ कात्तिक । मोरङ ३ को प्रतिनिधि सभा निर्वाचनमा उमेद्वार बनेका कांंग्रेस नेता डाक्टर सुनील शर्मा र पूर्वमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य बीच मतदाताले तुलना गर्न थालेका छन् ।

सामान्यतया नेताहरू चुनाव आएपछि  मतदाताको खेत खलियान, गोठ र बारीमा पुगेर मत माग्ने गर्छन् । जितेर गएको ५ वर्षसम्म आफूले के काम गरें,निर्वाचन क्षेत्रबासीलाई बताउँन सक्दैनन । मोरङ ३ मा पनि निर्वमान सांसद ढकाल कतै जनताबाट खेदिएका छन् भने कतै गुनासो सुन्न बाध्यछन् ।

नेकपा एमालेले मोरङमा सबैभन्दा सुरक्षित निर्वाचन क्षेत्र मानेको मोरङ ३ बाट कठिन जीत प्राप्त गरेका ढकाल केपी ओलीको मन्त्रीमण्डलमा ३ पटक मन्त्री भए । तर, उनले  नेपालका लागि त केही गरेनन नै । आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ का लागि एउटा मास्क र एउटा अक्सिजन सिलिण्डर लिएर समेत आउन सकेनन् ।  

ढकाल स्वास्थ्य मन्त्री छँदा देश कोरोनाबाट आक्रान्त थियो । मानिसहरू एकातिर कोरोनासँग जुधिरहेका थिए भने अर्को तर्फ गरिव र अति विपन्नहरू दैनिक हात मुख जोड्न दुई छाक जाउलो जुटाउन नसक्ने अवस्थामा थिए । देशलाई स्वास्थ्य मन्त्री पठाएको मोरङ ३ का वासिन्दाले मन्त्री पाए पनि न एक सिलिन्डर अक्सिजन पाए, न एउटा मास्क पाए । खाद्यान्न र राहत कुन चरीको नाम हो उनलाई थाहा भएन ।

यता चुनाव हारेका कांग्रेस नेता डाक्टर सुनील शर्मा भने मुखमा मास्क लगाएर काँधमा चामलका बोरा,झोलामा नुन,तेल र मसलाका पोका बोकेर गाउँ गाउँ पुगे । निर्वाचन क्षेत्रका २५ सय परिवारलाई डाक्टर शर्माले नजि खर्चमा राहत बाँढे । घर घरमा सेनिटाइजर र सावुन पुर्याए । उपचारका लागि नोवेल अस्पतालमा बेग्लै उपचार कक्षको ब्यवस्था मिलाए ।

राज्यको स्वास्थ्य क्षेत्रले लाखौं रुपियाँ असुलेर पीसीआर गरिहेको बेला डाक्टर शर्माले पहिलो पटक नीजि अस्पतालमा सस्तो मूल्यमा पीसीआर परिक्षण ब्यवस्था मिलाए । गाउँ गाउँमा पुगेर कोरोना पीडितको उपचार ब्यवस्था मिलाए । त्यति मात्र होइन, मोरङ ३ का चारै वटा पालिकालाई ३० लाख रुपियाँ नगद सहयोग गरे ।

उता मन्त्री ढकाल भने त्यसबेला मिडियालाई जवाफ फर्काउने समय थिएन । न्युज ट्वान्टीफोरको एउटा जिज्ञासामा उनले घरमा पाहुना आएका छन् भन्दै आम नागरिकको चासोमा खेलवाड गरिदिए । हुनत नेपालीमा एउटा उखान छ । काट्ने खुकुरीको बींड हेरेर जान्नु, टोक्ने कुकुरको लीड हेरेर जान्नु । जनताको मत लिएर पनि  मन जित्न नसकेका ढकाल र मत नपाएर पनि मन जितेका डाक्टर शर्मा यतिबेला फेरि चुनाबी मैदानमा छन् ।

सरकारी ढिकुटी सञ्चालन गर्ने कार्यकारी ठाउँमा बसेर पनि जनताको लागि माखो नमारेका ढकाल र चुनाब हारेर पनि जन जनको मन र माया पाएका डाक्टर शर्मा कसले चुनाव जित्छन् त्यो हेर्न र सुन्न भने मङ्सिर ४ कुर्नै पर्छ ।














0 प्रतिकृया