Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


गाउँबाटै पहिलाे पटक क्याम्पस जाने केटी भगबतीः गुरूकाे संस्मरण

एक्सन खबर
कार्तिक, २२, २०७९


गाउँबाटै पहिलाे पटक क्याम्पस जाने केटी भगबतीः गुरूकाे संस्मरण

सुनसरी, २२ कार्तिक । भगबती चौधरीका गुरु कृष्ण कुँवरले कुराकानीको सुरुमै जोसिलो पारामा भन्नुभयो “चौधरी समूदायमा यत्तिकी हिम्मतिली र जुझारु महिला मैले देखेको छैन ।”

कृष्ण कुँवरलाई अहिले गढी गाँउपालिकामा पर्ने औरावनीमा कुँवर सर भनेर जन जनले चिन्छन् । नचिनुन पनि किन ? उहाँले त्यहाँको सरस्वती उच्च माविमा ३८ बर्ष पढाउनुभयो । त्यहि स्कुलबाट पढाउन सुरु गर्नुभएको ३८ बर्ष पछि त्यहि स्कुलबाटै सेवानिवृत हुनुभयो ।

सुनसरी क्षेत्र नम्बर ३ की एमाले उम्मेदवार भगबती चौधरीलाई कुँवर सरले सरस्वती स्कुलमा कक्षा ८ देखि १० सम्म पढाउनुभयो । भगबती चौधरीले चुनावी अभियान सञ्चालन गरिरहँदा कुँवर सरले कक्षा ८ देखि १० सम्म पढाउदाको वेला झल्झली यसरी सम्झनुभयो “भगबती औरावनीमा कक्षा ८ मा पढथिन, मधेशाको स्कुलमा गएर एक दिन अग्रेँजीमा फरर भाषण गरिछिन, अँग्रेजी पढाउने उनको गुरु म त मख्खै परेँ नि ! मधेशाका छात्राहरुलाई उ वेलै अँग्रेजीमा भाषण गरेर संगठित पो गरिछिन् ।

बिद्यालयमा खेलकुदका गतिविधि त हुन्थे तर खेलकुद सिकाउने कोचको ब्यवस्था थिएन । भगबतीले बिद्यार्थीहरुलाई के के भनेर प्रभावित गरिन को नि, एक हुल बिद्यार्थी लिएर हेडसरको कक्षमा आइछिन् । उनको माग थियो खेलकुद सिकाउने कोच चाहियो । बिद्यालयले कोचको ब्यवस्था मिलाउनै पर्यो । कोचको ब्यवस्था भएपछि खेलकुदको स्तर उस्किहाल्यो ।”

“केहि अन्याय भयो कि मुकाविला गरिहाल्ने जुझारु स्वभाव थियो भगवतीको” कुँवर सरले अगाडी थप्नुभयो “कोहि सँग नझुक्ने, अन्याय त सहदै नसहने खालकी थिइन सानै देखि भगबती । उ वेला चौधरी समूदायका छोरी मान्छे खासै बोल्दैन थिए तर भगबती अचम्मकी थिइन,नेतृत्व क्षमता पनि अब्बल थियो ।”

सानै देखि आफनो कामले अरुलाई प्रभावित गर्ने गज्जबको क्षमता छ भगबती चौधरीमा । सबैका कुरा सुन्ने र समेट्ने खुवी रहेको जनाउदै कुँवर सरले सम्झनाका पोकाहरु फुकाउदै जानुभयो ।

भगबती चौधरीका हजुरबुबा कुमहरलाल चौधरीले स्थापना गरेको स्कुलमा कुँवर सरले पढाउनुभयो । भगबती चौधरीले त्यहिँ पढनुभयो । आफू मात्रै पढने होइन गाँउका अन्य छोरीलाई पढाउनुपर्छ भनेर घर घर पुगेर सानी केटीले भन्ने गरेको अझै सम्झना छ कुँवर सरलाई । “तिनै भगबती चौधरी आफनो गाँउबाट पहिलो पटक क्याम्पस जाने केटी बनिन” कुँवर सरले गर्वका साथ भन्नुभयो ।

“भगबती संविधानसभा सदस्य बनिन, राज्यमन्त्री बनिन ।” सरले जोसिलो पारामा थप्दै जानुभयो “दुई दुई पटक यिनलाई अन्याय भएको छ । अदालत गईन अदालतले पनि न्याय दिएन । यसपाली जनताले चुनावमा भगबतीलाई न्याय गर्छन है पक्कै गर्छन ।” कुँवर सरले थप्नुभयो ।

प्रदेश नम्वर ३ को मात्र होइन देशकै हित चाहने हो भने भगबती चौधरीले जीत्नु पर्ने कुँवर सरकाे भनाइ छ । “मैले मेरो बिद्यार्थी भनेर भनेको हैन है, वास्तविक कुरा हो ।” कुँवर सरले प्रष्टिकरण दिनुभयो “यसपाल जित्छिन हेर्दै जानुस । यीनले गाँउ शहर बजारको बिकासमा त पक्कै पनि ध्यान दिन्छिन नै, पिछडिएको वर्ग समूदायको कुरा सुन्छिन र यिनीहरुको हीतमा काम गर्छिन मेरो बिश्वास हो ।”

कुँवर सरले सुनसरी ३ को बिकास चाहने हो भने भगवतीले जीत्नु पर्ने जिकीर गर्नुभयाे । अन्तिममा पनि उहाँ भन्दै हुनुहुन्थ्यो “यत्तिको जुझारु, लगशील वुझक्कड र काम गर्न खोज्ने महिला पाउन गाहो छ है ।”

मंसिर ४ गते हुन गइरहेकाे प्रतिनिधिसभा निर्वाचनमा भगबती चाैधरी नेकपा एमालेकी उम्मेदवार हुन् । सुनसरीलाई मात्र नभएर समग्र देशलाई नै भिजन भएकाे याेग्य नेतृत्व खाेज्ने अवसरका रूपमा निर्वाचनलाई जनताले लिनुपर्ने छ ।













0 प्रतिकृया