Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


संविधान सभाका दुवै सभासदको साथ सुनिल शर्मालाई

एक्सन खबर
कार्तिक, २२, २०७९


संविधान सभाका दुवै सभासदको साथ सुनिल शर्मालाई

विराटचोक, २२ कार्तिक । मोरङको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि उम्मेद्वारी दिएका डा. सुनिल शर्माले पहिलो र दोस्रो दुवै संविधान सभाका सभासद्को साथ पाएका छन् । उनीहरुको साथ पाएपछि सो क्षेत्रमा डा. शर्माको पक्षमा थप मत आउने अनुमान गरिएको छ ।

देशमा गणतन्त्र आएपछि भएको पहिलो संविधान सभाको निर्वाचनमा नेकपा माओवादीका लालबहादुर सुस्लिङ मगर विजयी भएका थिए । त्यस्तै, दोस्रो संविधान सभा निर्वाचनमा नेकपा एमालेबाट चण्डीप्रसाद राई निर्वाचित भएका थिए । उनीहरु दुवै जना अहिले नेपाली कांग्रेसका डा. शर्मासँगै चुनावी घरदैलो र कोणसभा कार्यक्रममा व्यस्त रहेका छन् ।

केपी ओलीको नेतृत्वमा रहेको नेकपा एमालेले संविधान निमोठ्ने काम गरेको हुनाले नेपाली कांग्रेसलाई साथ दिनुपर्ने बाध्यता आएको पूर्व सभासद् राईले बताए ।

आफूले ८० प्रतिशत र राईले २० प्रतिशत लेखेर पूर्ण गरेको संविधानको हुर्मत लिने काम एमालेको सरकारले गरेको हुनाले एमालेलाई पराजित गराउन कांग्रेसलाई साथ दिनुपर्ने अवस्था आएको पूर्व सभासद् मगरले बताए ।

निवर्तमान सांसद तथा उम्मेद्वार एमालेका भानुभक्त ढकालप्रति मोरङको क्षेत्र नम्बर ३ का मतदाता रुष्ट छन् । तेह्रथुमबाट काठमाडौं बसाइँ सरेका ढकालले अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट चुनाव जितेर स्वास्थ्य मन्त्रीसम्म भए । तर, स्वास्थ्यमन्त्री हुँदा बिरामीको स्वास्थ्यमा ध्यान दिनुको साटो कोरोना स्वास्थ्य सामग्री खरीदमा भएको भ्रष्टाचारमा उनी मुछिए । जसका कारण ढकालप्रतिको मतदाताको विश्वास गुम्यो ।

उता, पराजित शर्मा भने कोरोना संक्रमितको घरघरमा पुग्न सफल भए । कोरोनाका साथै अन्य जटिल रोग लागेका विपन्न परिवारका बिरामीको निःशुल्क उपचार गर्नुका साथै राहत सामग्री वितरणमा उनी संलग्न रहे । जसका कारण मतदाता उनीप्रति आकर्षित भएका हुन् ।

मतदाता यसरी शर्माप्रति आकर्षित भइरहेको समयमा सो क्षेत्रका पूर्व सभासदद्वयले पनि शर्मालाई समर्थन गरेपछि शर्माको जीत निश्चित बनेको स्थानीय बताउँछन् ।














0 प्रतिकृया