Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


जितेकाले काम गरेनन्, यसपटकको भोट डा. सुनिल शर्मालाई

एक्सन खबर
कार्तिक, २४, २०७९


जितेकाले काम गरेनन्, यसपटकको भोट डा. सुनिल शर्मालाई

बेलबारी, २४ कार्तिक । मोरङको क्षेत्र नम्बर ३ का मतदाताले उम्मेद्वारसँग सुकुम्बासी समस्या समाधानको काम गरिदिन आह्वान गर्ने गरेका छन् । यसभन्दा अघि जितेका नेता चुनाव जितेपछि निर्वाचन क्षेत्रमा फर्किएर नआएकाले यसपटक परिचित अनुहार डा. सुनिल शर्मालाई मत दिने उनीहरु बताउँछन् ।

‘सुकुम्बासी समस्याको समाधान गर्नेलाई भोट दिनेछौँ’, मतदाता भन्छन्, ‘सुकुम्बासी समस्या समाधान गर्न सके हामीलाई धेरै राहत हुने थियो ।’ नाम उल्लेख नगर्ने शर्तमा आफ्नो भनाइ राखेका मतदाताले भने, ‘यो गाउँमा धेरै भोट बटुल्न आए । हामीलाई धेरै ललाईफकाई गरे तर भोट जितेर गएपछि कहिल्यै गाउँमा आएनन् । बिरामी हुँदा उपचार गराइदिने नेता पनि भएनन् ।’

बाटोको समस्या पनि आफूहरुलाई रहेको ग्रामीण बस्तीका बासिन्दाले बताए । नेताहरुले नेपालको भूमि भारतले अतिक्रमण गर्दा पनि फिर्ता ल्याउन नसकेको र जनताको समस्या समाधानमा पनि पहल नगर्ने गरेको उनीहरुले बताए ।

यता, गत निर्वाचनमा पराजित भए पनि बिरामीको उपचारमा सहयोग गरेको, उपचारमा छुट गर्नुका साथै निःशुल्क उपचार गर्ने गरेको, गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको, विभिन्न संघसंस्थालाई एम्बुलेन्स दिने गरेको तथा कोरोनाको महामारीको समयमा राहत सामग्री बाँडेकाले यसपटक शर्मालाई मत दिने गरेको मतदाताको भनाइ छ ।

जितेर गएपछि पहिलेभन्दा राम्रो काम गर्नेमा आफूहरु विश्वस्त भएको बेलबारी–४ गरगाउँकी श्यामवती चौधरीले बताइन् । ‘परेको बेला सहयोग गर्नेलाई नजिताएर कसलाई जिताउनु’, चौधरीले भनिन्, ‘चुनाव जितेपछि यसअघिका नेताले जस्तै जनता बिच्काउनुचाहिँ भएन । हाम्रो भोटको कदर गर्न सकेमा सुनिल शर्मालाई जिताइरहन्छौँ ।’














0 प्रतिकृया