Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


भगबती विकासकाे एजेण्डा बाँड्ने, गच्छदार गिनिज वुकमा नाम लेखाउँछु भन्ने

एक्सन खबर
कार्तिक, २४, २०७९


भगबती विकासकाे एजेण्डा बाँड्ने, गच्छदार गिनिज वुकमा नाम लेखाउँछु भन्ने

सुनसरी, २४ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ मा दुई नेताबीच प्रतिष्पर्धामा नेकपा एमालेकी नेतृ भगबती चाैधरीतर्फ मतदाता आकर्षित भएका छन् । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र चौधरीबीचकाे मुख्य प्रतिष्पर्धामा लघुवित्त अभियानकर्मी समेत रहेकी चाैधरीकाे विकासे एजेण्डामा मतदाता आकर्षित भएका हुन् ।

आसन्न निर्वाचनका लागि दुवै जना तेश्राे प्रतिष्पर्धामा छन् । यसअघिकाे दुइवटा प्रतिष्पर्धामा चाैधरी पराजित भएपनि याेपटक भने मतदाता उनकाे पक्षमा खुलेर लागेका छन् । क्षेत्रका बर्जु गाउँपालिका, गढी गाउँपालिका, इटहरी उपमहानगरपालिकाका क्षेत्र र दुहवीका अधिकांश क्षेत्रमा चाैधरीकाे चर्चा छ । त्यसाे त ६, ६ पटक गच्छदारलाई मत दिएर वाक्क भएका कांग्रेसी हरू नै याे पटक विकासकै लागि भएपनि नेतृत्व परिवर्तनकाे पक्षमा उभिएका छन् । क्षेत्रका पुराना कांग्रेसीहरू गच्छदारलाई पुनः जिताएर गल्ती नगर्ने मनस्थितिमा छन् ।
 
गढी र बर्जु गाउँपालिका, दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिकाको ६ देखि १५ सम्म र इनरुवाको ७ नम्बर वडा यो क्षेत्रमा पर्छ। यस क्षेत्रका मतदाता रिझाउन उम्मेदवारहरु ब्यस्त छन् । चाैधरी र गच्छदार घरदैलाे गर्दै गर्दा अधिकांश क्षेत्रमा चाैधरी प्रति मतदाताकाे रूचि देखिएकाे छ । स्वयं गच्छदारकाे गाउँ पचिरामा धेरै मतदाता याेपटक चाैधरीलाई जिताउने पक्षमा देखिएका छन् । कांग्रेसीहरूकाे गढ भनेर परिचित दुहवी वडा नं. ९ छातावेली, गढी १ मधेलीमा एमालेले युवाहरू समेटेकाे छ ।
 
गच्छदार सातौं पटक चुनावी प्रतिस्पर्धामा छन् । उनी सुनसरीबाट प्रतिनिधिसभा, संविधानसभा गरी ६ पटक विजयी भएका थिए । पाँचाै र छैटाैं प्रतिष्पर्धामा उनले व्यापक धाँधली गरेकाे आराेप छ । त्यसका विरूद्ध त्यतिबेलै भगबती चाैधरीले न्यायालयकाे ढाेका ढक्ढक्याए पनि अहिलेसम्म फैसला हुन सकेकाे छैन । चाैधरीलाई न्यायालयले पनि साथ नदिएकाे ठहर गर्दै याेपटक भारी मतका साथ जिताएर पठाउने मनस्थिति बनाएकाे बर्जु ६ का ३८ वर्षीय विजुल मेहता बताउँछन् ।

विगत १० वर्ष यता गाउँमा कुनै गतिलाे याेजनाहरू नपरेकाे, सरकारी विद्यालय झन खस्किएकाे, एउटा स्वास्थ्य संस्था पनि नबनेकाेले मतदाता गच्छदार प्रति रूष्ट छन् । दुहवी १० सिमरियाका ७० वर्षीय धनीलाल माझीले नेता दिनदिनै धनी भएकाे जनता गरिबका गरिब रहेकाले परिवर्तनका लागि पनि गच्छदारलाई  विदा गर्नुपर्ने बताए ।   

सातौं पटक चुनावी मैदानमा होमिँदा गच्छदारलाई कांग्रेससँगै सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन भएतापनि ३५ वर्षसम्म गच्छदारकाे साथ लागेर हिँडेका टेकचन्द विस्वास, मिलिराम विस्वास लगायत एमालेमा समाहित भएका छन् ।

तेस्रोपटक चुनावी मैदानमा उत्रिएकी भगबतीलाई भने जनता समाजवादी पार्टी (जसपा) को समर्थन छ । साथमा उनले स्थानीय विकासका एजेण्डाहरू बाेकेकाेले युवा र महिलाहरूकाे ध्यानाकर्षण गराएकी छन् । निर्यातमुखी कृषि, युवा स्वराेजगार र प्राविधिक शिक्षासहित सुनसरी ३ काे विकास गर्ने एजेण्डा चाैधरीले बनाएकी छिन् ।

२०७० र २०७४ मा गच्छदारसँगै पराजित भगबती यसपटक जसरी पनि जित्नैपर्ने दबावमा भएपनि मतदाताहरू नै परिवर्तनकाे पक्षमा उभिएकाले भारी मतान्तरका साथ जित हुनेमा ढुक्क छिन् । ‘विगत २ वटा निर्वाचन जितेकै हाे । न्यायालयले बदर मत मात्र गनिदिएकाे भए मलाई न्याय मिल्दथ्याे । तर, भएन याेपटक जनताले मलाई भारी मतले जिताउनु हुन्छ म ढुक्क छु ।’ चाैधरी भन्छिन् ।

त्यसाे त राजनीतिमा साम मदाम दण्ड भेदकाे राजनीति गर्न माहिर गच्छदारले धाँधली र सेटिङ गरेर पुनः हराउने हाेकि भन्नेमा चाैधरीकाे चिन्ता छ । त्यहि भएर घरदैलाे कार्यक्रममा जाँदै गर्दा उनी मतदाता, कार्यकर्ता र निर्वाचन कार्यालयका अधिकारीहरूलाई पनि निष्पक्ष निर्वाचन गर्न गराउन सचेत गराइरहेकी छिन् । प्रशासनलाई निष्पक्ष भएर काम गर्न अनुराेध गरिरहेकी छिन् ।

गच्छदारले तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीबाट दोस्रो संविधानसभा निर्वाचन २०७० मा १७ हजार ५ सय २४ मत ल्याएका थिए । चौधरीले १७ हजार १ सय ६२ मत प्राप्त गरेकी थिइन् । गच्छदार र चौधरीबीच मात्र ३ सय ६२ मतान्तर थियो । त्यस्तै, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चाैधरीले ३८ हजार ६५१ मत ल्याएकी थिइन् ।  

गच्छदार २०४८, २०५१ र २०५६ को आमनिर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए। २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा मधेसी जनअधिकार फोरम र २०७० सालको संविधानसभा निर्वाचनका मधेसी अधिकार फोरम (लोकतान्त्रिक) बाट निर्वाचित भएका थिए । ६ पटक सांसद १३ पटक मन्त्री भएतापनि सुनसरी क्षेत्र नं. ३ काे विकासमा उनले खासै काम नगरेकाे गुनासाे छ ।

त्याेसँगै गच्छदारलाई बालुवाटार स्थित ललिता निवासकाे सरकारी जग्गा व्यक्तिलाई विक्रि गरेकाेमा अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले भ्रष्टाचारकाे मुद्दा दायर गरेकाेले उनी जितेर गएपनि सांसद हुन पाउँदैनन् । उक्त प्रकरणमा गच्छदारसँगै १७५ जनालाई मुद्दा परेकाेले तत्कालै मुद्दाकाे किनारा लाग्ने परिस्थिति पनि छैन । याे अवस्थामा उनले चुनाबै जितेपनि सपथ नै खान नपाउने, संसद विकास काेषकाे बजेट चलाउन नपाउने अवस्था छ ।

ललिता निवास सरकारी जग्गा प्रकरणमा गच्छदारकाे अख्तियारले सबै बैंक ब्यालेन्स, सम्पत्ति राेक्का गरेपनि उनी चुनाब लडिरहेका छन् । उनकाे चुनाबी खर्चकाे श्राेत समेत शंकामा छ ।

गच्छदारलाई जिताए सुनसरी क्षेत्र नं. ३ झनै पछि पर्ने विषयमा मतदाता सचेत रहेकाले याेपटक सुनसरीमा महिला उम्मेदवार संसद प्रवेश गर्ने निश्चत जस्तै छ । गच्छदारले भने अब चुनाब जिते थारूकाे छाेराेले गिनिजबुकमा नाम लेखाउँछ, गाैरब हुन्छ, भगबती महिला हाे केही गर्न सक्दैन भन्दै मतदातालाई फकाइ रहेका छन् ।

















0 प्रतिकृया