Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


मोरङ ३ मा कांग्रेसमा विवाद छैन (भिडियाे सहित)

एक्सन खबर
कार्तिक, २५, २०७९


मोरङ ३ मा कांग्रेसमा विवाद छैन (भिडियाे सहित)

विराटचोक, २५ कार्तिक । गत वर्ष भएको पार्टीको महाधिवेशन तथा यसै वर्ष भएको स्थानीय तहको निर्वाचनका क्रममा नेपाली कांग्रेस मोरङमा केही विवाद देखिएको थियो । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि कांग्रेसभित्र विवाद र अन्तर्घात हुन लागेको भनी हल्ला हुन थालेपछि पार्टीभित्र त्यस्तो कुनै पनि विवाद नहुने कांग्रेसका दुई नेताले प्रष्ट पारेका छन् ।

आज सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेस मोरङका जिल्ला सभापति ललित श्रेष्ठ र सुन्दरहरैंचाका निवर्तमान मेयर शिवप्रसाद ढकालले पार्टीभित्र कुनै अन्तरविरोध नभएको प्रष्ट पारेका छन् । भ्रममा नपर्न र एकजुट भएर प्रचारप्रसारमा लागेर गठबन्धनका उम्मेद्वारलाई जिताउन उनीहरुले आग्रह गरेका छन् ।

‘हामी डे वानदेखि चुनावी मैदानमा छौँ’, आफूहरु शुरुदेखि नै चुनावी प्रचारप्रसारको अभियानमा रहेको उल्लेख गर्दै ढकालले भने, ‘लिडरसिप टाइपको साथीहरु लिडरसिप गर्ने तरिकाले, तल ग्राउण्डमा काम गर्ने साथीहरु आआफ्नो ढङ्गले आफ्नो भूमिका अनुसार काम गरिरहनुभएको छ । कांग्रेस ३ नम्बर क्षेत्रमा ‘युनाइट’ छ, युनाइट्ली मुभमेन्ट चलाइरहेको छ र मंसिर ४ पछिको परिणामको पखाईमा छौँ ।’

एकताका साथ एक जना कार्यकर्ता पनि विचलित नहुने गरी अभियान चलाइरहेको बताउँदै ढकालले गठबन्धनका उम्मेद्वारलाई जिताउन अनुरोध गरे ।

उता, नेपाली कांग्रेस मोरङका सचिव ललित श्रेष्ठ जिल्लाको चुनावी अभियानको क्रममा केही भ्रम सिर्जना भए अनुगमन गरेर त्यसको निराकरण गर्ने काम हुने बताए । क्षेत्र नम्बर ३ मा मात्रै नभएर जिल्लाभर नै कांग्रेसमा विवाद र मतभेद नरहेको प्रष्ट पारे । गठबन्धनका विरुद्धमा अनर्गल प्रचार भइरहेको भन्दै गठबन्धनका सबै दलका कार्यकर्ताले त्यस्ता भ्रम चिर्न लाग्नुपर्ने बताए ।

वडास्तरीय, पालिकास्तरीय र क्षेत्रीयस्तरीय अनुगमन समिति बनाएर काम भइरहेको श्रेष्ठको भनाइ छ । क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक बाम गठबन्धन एक रहेको हुनाले कसैले पनि भ्रममा नपरी गठबन्धनका उम्मेद्वारलाई जिताउन उनले अनुरोध गरे ।

भिडियो लिंक


















0 प्रतिकृया