Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


डा. सुनिल शर्माको पहलमा नेपालकै पहिलो सन्थाल समुदायबाट डाक्टर

एक्सन खबर
कार्तिक, २७, २०७९


डा. सुनिल शर्माको पहलमा नेपालकै पहिलो सन्थाल समुदायबाट डाक्टर

पथरी, २७ कार्तिक । मोरङको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा उम्मेद्वारी दिएका डा. सुनिल शर्माले सीमान्तकृत समुदाय र बस्तीका बासिन्दालाई निःशुल्क मेडिकल शिक्षा दिएका छन् । उनले आफ्नो वा अर्काको निर्वाचन क्षेत्र नसोधी तथा राजनीतिक आस्था नसोधी काम गर्ने गरेको मतदाता बताउँछन् ।

मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर २ अमरदह डा. शर्माको निर्वाचन क्षेत्र होइन । तर, शर्माले अमरदहको सन्थाल समुदायका युवालाई मेडिकल शिक्षा अध्ययन गर्ने अवसर दिएका छन् । शर्माको सो अवसरका कारण सन्थाल समुदायमा नेपालकै पहिलो डाक्टर भएका छन् दिनेश ।

५१ वर्षीया देवीकुमारी हास्दा घरायसी काम गर्छिन् । ३ कट्ठा ऐलानी जग्गामा टिनले छाएको सानो घरमा बस्ने उनलाई घर छेउमै रहेको गोठमा भएका गाई र बाख्रालाई घाँसापत गर्दै बित्ने गर्छ । उनै देवीकुमारीका जेठा छोरा दिनेश नोेबेल शिक्षण अस्पताल विराटनगरमा डाक्टर छन् ।

दुई छाक खान धौधौ हुने परिवारको छोरो डाक्टर बन्ला भन्ने आफूले कहिल्यै नसोचेको देवीकुमारी बताउँछिन् । तर, नोबेल अस्पतालका सञ्चालक शर्माको ‘कमलो मन’ कारण दिनेश डाक्टर बनेर निस्किए । जसको गुन देवीकुमारीको परिवारले कहिल्यै बिर्सिने छैन ।

गाउँका २ जना युवाले दिनेश र डा. शर्माबीचको भेटको तारतम्य मिलाएका थिए । सोही भेटपछि देवीकुमारीको परिवार डाक्टरको परिवार भएको हो । ३ छोरा र १ छोरीकी आमा देवीकुमारीले दिनेशको पढाइ खर्चमा कुनै पनि शुल्कबापत रकम तिर्नुनपरेको बताइन् ।

डा. सुनिल शर्मा यतिबेला प्रतिनिधिसभाको उम्मेदवार रहेका छन् । मोरङ क्षेत्र नं. ३ का लागि बाम लोकतान्त्रिक गठबन्धन, नेपाली कांग्रेसका उम्मेदवार डा. शर्माले मुलुकको विकास, स्वास्थ्य क्षेत्रको सुधार गर्नकै लागि राजनीतिमा होमिएका हुन् । उनले निजी श्रोतबाट लाखौं नेपालीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका छन् ।














0 प्रतिकृया