Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


कांग्रेसभित्रको मतभेद अन्त्य, डा. शर्माको पक्ष झनै बलियो

एक्सन खबर
कार्तिक, २८, २०७९


कांग्रेसभित्रको मतभेद अन्त्य, डा. शर्माको पक्ष झनै बलियो

विराटचोक, २८ कार्तिक । विगतमा मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसमा देखिएको मतभेदले मंसिर ४ मा हुने निर्वाचनको परिणाममा कम मतान्तरले मात्रै कांग्रेस विजयी हुने अनुमान गरिएकोमा मतभेद अन्त्य भएकाले फराकिलो मतान्तरका साथ डा. सुनिल शर्मा विजयी हुने निश्चित देखिएको छ ।

गत वर्ष भएको कांग्रेसको १४ औँ महाधिवेशनमा देखिएको गुट उपगुटको राजनीति र गत स्थानीय तह निर्वाचनमा देखिएको मतभेदका कारण कम मतान्तरले कांग्रेस विजयी हुने अनुमान गरिएकोमा अहिले मोरङ ३ कांग्रेसको विवाद अन्त्य भएको छ ।

प्रतिनिधिसभा उम्मेदवार डा. सुनिल शर्मासँग असन्तुष्ट देखिएका सुन्दरहरैंचाका निवर्तमान मेयर शिवप्रसाद ढकाल, प्रदेश समानुपातिक सदस्यका लागि उम्मेद्वारसमेत रहेका जिल्ला कोषाध्यक्ष गोपाल थापालगायतका व्यक्ति शर्माको पक्षमा खुलेर लागेपछि मोरङ ३ कांग्रेसमय भएको छ ।
 
शर्माभन्दा फरक गुटका नेता भएकाले उनीहरुले शर्मालाई असहयोग गर्न सक्ने अनुमान एकथरी नेता र कार्यकर्ताको थियो । तर, ढकाल र थापा शर्माको चुनावी घरदैलो र कोणसभामा उपस्थित हुने र मन्तव्य दिने काममा सक्रिय रहेकाले फराकिलो मतान्तरले शर्मा विजयी हुने देखिएको हो ।

डेंगुको संक्रमणका कारण बिरामी परेका ढकाल राम्ररी नतङ्ग्रिदै चुनावी अभियानमा हिँड्नुका साथै निवर्तमान सांसद एमालेका भानुभक्त ढकालको कर्तुतको विरुद्धमा आवाज उठाउँदै हिँड्न थालेका छन् । जसले गर्दा कांग्रेस एक ढिक्का भएको सन्देश गएको छ ।

यसैबीच, शुक्रबार नेपाली कांग्रेसका मोरङ सचिव ललित श्रेष्ठ र सुन्दरहरैंचाका निवर्तमान मेयर शिवप्रसाद ढकालले सँगै बसेर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसमा विवाद नरहेको बताएका थिए । मतदातामा कांग्रेसमा विवाद देखिएको भन्दै भ्रम छर्ने कार्य हुन थालेकाले त्यसलाई चिर्न श्रेष्ठ र ढकालले कांग्रेसमा विवाद नरहेको अभिव्यक्ति दिएका हुन् ।

त्यतिमात्रै होइन, दिवङ्गत शेखरचन्द्र थापाको घरमा समवेदना दिन डा. शर्मा शनिबार जाँदा यसअघि असन्तुष्ट देखिएको पक्षले गुनासो गरेन । प्रदेश वन मन्त्री तथा मोरङ ३ (क) का उम्मेद्वार शेखरचन्द्र थापाको कात्तिक २३ गते निधन भएपछि उनको स्थानमा भोलिपल्ट मानबहादुर लिम्बूको मनोनयन भएको थियो ।

मृतक थापाकी पत्नीलाई उम्मेद्वारीमा पहिलो प्राथमिकता दिनुपर्ने भनेर असन्तुष्ट एक पक्षले मनोनयन दर्ता स्थलमा नाराबाजी गरेको थियो । अहिले सो पक्षमा कुनै असन्तुष्टि नरहेको पाइएको कांग्रेसका नेता, कार्यकर्ता बताउँछन् । आइतबार बेलुका बेलबारी ४ मा भएको वडा ¥यालीमा देखिएको जनलहरले शर्माको जीत निश्चितजस्तै देखिएको स्थानीय भरत धिमालले बताए ।
















0 प्रतिकृया