Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


भगबती चौधरीले पठाइन् जनतालाई मन छुने पत्र

एक्सन खबर
कार्तिक, २९, २०७९


भगबती चौधरीले पठाइन् जनतालाई मन छुने पत्र

सुनसरी, २९ कार्तिक । नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले आफ्ना सन्ततिको भाग्य र भविष्य उज्वल बनाउन सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेकी छिन् । विगत ३१ वर्षदेखि एकै प्रकारको शासनले सुनसरी क्षेत्र नं. ३ मा कुनै परिवर्तन नभएको जनाउँदै आफ्ना सन्ततिको भविष्य बनाउनका लागि भएपनि नेतृत्व परिवर्तन हुनै पर्ने बताएकी छिन् ।

मतदातालाई पत्र लेख्दै प्रतिनिधिसभा उमेदवार चौधरीले सुनसरी क्षेत्र नं. ३ का विकास र समृद्धिका लागि ब्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर काम गर्ने प्रतिबद्धता जनाएकी छिन् । साथै, चौधरीले विकास र समृद्धिका लागि कुनै कसर बाँकी नराख्ने पनि बताएकी छिन् । ‘सुनसरी क्षेत्र नं. ३ लाई देशकै नमुना क्षेत्र बनाउने प्रतिबद्धता जनाउँदछु ।’ चौधरीले भनेकी छिन् ।

सुनसरी क्षेत्र नं. ३ ले ६ पटक जिताएर पठाएको व्यक्ति १२ पटक मन्त्री ४ पटक उपप्रधानमन्त्री बनेपनि क्षेत्रले विकास र समृद्धि नपाएको चौधरीको भनाई छ । ‘धुलेयाम सडक, खानेपानीको अवस्था, किसानको अवस्था दयनीय भएको कुरा, तपाईको विकास प्रतिको चाहना र सपना कहिल्लै प्राथमिकतामा परेन ।’ विगतमा पटकपटक निर्वाचन जितेर गएका व्यक्तिको कारण सुनसरी क्षेत्र नं. ३ पछि परेको इङ्गित गर्दै चौधरीले भनेकी छिन् ।

उनले आफ्नो क्षेत्रमा अहिलेसम्म कुनै ठूलो स्कुल, कलेज, तथा सुविधा सम्पन्न अस्पताल बन्न नसकेको जनाएकी छिन् । साथै, आफु निर्वाचित भएर गएको खण्डमा ३१ बर्षमा हुन नसकेको बिकास नमूनाका रुपमा ५ बर्षमा प्रतिवद्धता जनाएकी छिन् ।

चौधरीले जनताले दुःख पाउदा आफ्नो मन दुख्ने तथा आहात र पिडावोध हुने बताउँदै जनताको अनुहारमा खुशि छाएको देख्न चाहेको पनि बताएकी छिन् । ‘म तपाईका सपना पूरा भएको हेर्न चाहन्छु । तपाईका छोराछोरी स्कुल कलेज गएको देख्न चाहन्छु । म तपाईकै छोरी, दिदीबहिनी तपाईको साथ र सहयोगमा यो क्षेत्रको विकास र समृृद्धिकै लागि आफनो जीवन सर्मपण गर्ने वाचा गर्दछु ।’ चौधरीले उल्लेख गरेकी छिन् ।

यसअघिका दुई वटा चुनावमा जनताले अगाध मायाँका साथ आफुलाई मतदान गरेको तर अनेक जालझेल, षडयन्त्र गरेर हराईएको भन्दै त्यसविरुद्ध अदालत पुगेँ पनि अदालतबाट समेत न्याय नपाएकोले अब चुनाव मार्फत जनताकै अभिमतले जनताको अदालत न्याय पाउनेमा ढुक्क रहेको बताएकी छिन् ।

‘यहिँको माटोले मलाई तपाईको सेवा गर्न सिकाएको छ । जनप्रतिनिधि नहुदाँ पनि तपाईको सेवामा समर्पितनै रहेँ । अब मंसीर ४ गते सुनसरी ३ नम्बरवासीको भाग्य र भविष्यको कुरा हो, यो जीत सुनसरी ३ का बासिन्दाको हुने छ । बिकास र सम्वृद्धिको जीत हुने छ ।’ चौधरीले भनेकी छिन् ।

हेर्नुहाेस भिडियाे















0 प्रतिकृया