Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


डा. सुनिल शर्माद्वारा कलाकार गिरिको ९ महिने छोराको निःशुल्क उपचार गरिदिने घाेषणा

एक्सन खबर
मंसिर, १, २०७९


डा. सुनिल शर्माद्वारा कलाकार गिरिको ९ महिने छोराको निःशुल्क उपचार गरिदिने घाेषणा

माेरङ, १ मंसिर । मोरङको उर्लाबारी निवासी कलाकार तथा प्राविधिक श्याम गिरिको ९ महिनाको छोरा शुभम गिरि डेङ्गु र निमोनियाबाट पिडित भएकाेमा मोरङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सुनिल शर्माको सहयोगमा नोबेल शिक्षण अस्पतालकाे उपचारमा सतप्रतिशत छुट गरिएको छ ।

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आव्हानमा उक्त छुट भएको हो । डेङ्गु र निमोनिया लागेर उर्लाबारीको अस्पतालमा उपचार सम्भव नभएपछि बिराटनगरको नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारमा खर्च अभाबले बिरामीको परिवार आर्थिक सहयोगको अपेक्षामा थियो । बिरामीको अवस्था सिकिस्त भएपछी केहि कलाकारहरुले आर्थिक सहयोग समेत जुटाईरहेको अवस्थामा नोबेल हस्पिटलले उपचारको सम्पूर्ण जिम्मा लिएको हो ।

बिरामीका बुवाले सामाजिक सञ्जालमा सहयोगको अपिल गरेको कुरा देखेपछि नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले सहयोगको लागि तुरुन्त पत्र लेखि डा. सुनिल शर्माको सचिवालयमा निःशुल्क सहयोगको लागि अपिल गरेका थिए ।

उनको यो अपिल पत्रकार सुवाश संकल्प, उद्योग बाणिज्य संघ उर्लाबारीका निवर्तमान अध्यक्ष प्रीतम खडगी तथा प्रत्यक्ष रुपमा कलाकार तथा अन्य श्रोतबाट डा. सुनिल शर्मालाई जानकारी गराईएको थियो । उक्त जानकारी पाउन साथ निज नौ महिनाको नाबालक शुभम लाई निःशुल्क उपचारको लागि डा. शर्माले व्यवस्था गरेको बिरामीको बुवा श्याम गिरिले जानकारी गराए ।

गिरिका अनुसार हिजो बुधबार नोबेल अस्पतालका जनरल मेनेजर रुद्र प्रसाद शर्माले भेटेर निःशुल्क उपचारको बारेमा जानकारी गराएका थिए । शर्माले आफ्नो क्षेत्र भन्दा बाहिरको बिरामी भएपनि सामाजिक उत्तरदायित्व अन्तरगत सेवा भावले उपचार सहयोग गरेको बताए ।













0 प्रतिकृया