चितवनका तीन स्थानमा शंकास्पद वस्तु फेला
एक्सन खबर
चितवन, ३ मङ्सिर । चितवनका तीन स्थानमा शंकास्पद वस्तु फेला परेका छन् । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शंकास्पद वस्तु भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शंकास्पद वस्तु भेटिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले दुई स्थानमा नै निर्वाचन विरोधी गतिविधि गर्ने समूहले प्रेसरकुकरमा शंकास्पद वस्तु राखेका छन् ।
निर्वाचनको समयमा त्रास फैलाउनका लागि यस्तो गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त वस्तुलाई आज बिहान ३:३० बजे निस्क्रिय पारिएको कार्यालयले जनाएको छ ।
यस्तै भरतपुर महानगरपालिका–१६ वडा कार्यालय नजिक सिलिण्डरमा आगो लगाएर छाडेको पाइएको पण्डितले बताए । सो सिलिण्डरलाई सुरक्षित स्थानमा राखिएको उनले जानकारी दिए ।
0 प्रतिकृया