सुनसरी क्षेत्र नं. ३ को मतगणना ८ बजेदेखि
एक्सन खबर
इटहरी, ५ मंसिर । सुनसरी क्षेत्र नं. ३ को मतगणना ८ बजेबाट हुने भएको छ । क्षेत्रको गढी गाउँपालिका वडा नं. १ स्थित श्री मजुदर किसान माध्यामिक विद्यालयको मतदान स्थलको केन्द्र नं. च मा प्रतिनिधि सभाको एक सय मत प्रदेश सभाको मतपेटिकामा पनि भेटिएपछि विवाद उत्पन्न भएको थियो ।
आजै विहान ८ बजे बोलाइएको सर्वदलीय बैठकले उक्त मतपत्रका सम्बन्धमा कुनै ठोस निर्णय नगरेपछि मतगणना कहिले सुरु गर्ने टुंगो लाग्न सकेको थिएन । निर्वाचन अधिकृतको कार्यालयले उक्त विषयमा निर्णय गर्न निर्वाचन आयोगलाई पत्राचार गरेकोमा आयोगले दोहोरो मतपत्र बदर गर्ने निर्णय गरेको हो ।
प्रवक्ता राजेन्द्र कार्कीले विवादित विषयमा सहमति जुटेसँगै ८ बजे मतगणना सुरु गर्ने निर्णय भएको जानकारी दिए । मंसिर ४ गते आइतबार भएको निर्वाचनमा श्री मजदुर किसान माविको मतदान केन्द्र च मा प्रदेश सभातर्फको मतपत्र दोहोरो भेटिएपछि विवाद उत्पन्न भएको थियो ।
सर्वदलीय बैठकबाट उक्त विवाद समाधान गर्ने प्रयास असफल भएपछि आयोगलाई पत्र लेखिएको थियो । केही दलका उम्मेदवारले पुनः मतदान गर्नुपर्ने माग गरेपनि आयोगले विशेष परिस्थितिमा वाहेक पुनः मतदान नगर्ने निर्णय गरेको छ ।
0 प्रतिकृया