Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


भगबती र कमलबाबु सँगै, गच्छदार तेश्रो स्थानमा (फाेटाे फिचर)

एक्सन खबर
मंसिर, ६, २०७९


भगबती र कमलबाबु सँगै, गच्छदार तेश्रो स्थानमा (फाेटाे फिचर)

इटहरी, ५ मंसिर । सुनसरी क्षेत्र नं. ३ को प्रारम्भिक मतगणनामा नेकपा एमालेकी भगबती चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीको अग्रता देखिएको छ । सुनसरी ३ अन्तरगत इटहरी उपमहानगरपालिका वडा नं. ६ को प्रारम्भिक मतगणनामा एमालेकी भगबती चौधरी र रास्वपाका मैनालीको बराबर मत देखिएको छ ।

नेपाली कांग्रेसका हेभिवेट उम्मेदवार बिजयकुमार गच्छदार तेश्रो स्थानमा रहेका छन् । इटहरी ६ को १०३ मत गणनामा भगबती चौधरी र मैनालीको समान ३२, ३२ मत पाउँदा कांग्रेसका गच्छदार मात्र १७ मतमा खुम्चिए । सो गणनामा राप्रपाका कूलदीप चौधरीले १२ मत ल्याएका थिए ।

पछिल्लो ६०० मतगणना अनुसार एमालेकी भगबतीले १८० मत ल्याउँदा रास्वपाका मैनालीले १८४ मत प्राप्त गरेका छन् । गच्छदार ११९ मतमा छन् । राप्रपाले ७ मत ल्याउँदा स्वतन्त्रले ३५ मत प्राप्त गरेका छन् ।

इटहरी वडा नं. ६ नेपाली कांग्रेसको वडा हो । यसअघिको निर्वाचनमा कांग्रेसले जित हासिल गरेपनि यो पटकको निर्वाचनमा रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो स्थान ल्याएको छ । यो वडामा कांग्रेसको मत रास्वपाले बढी काटेको अनुमान छ ।























0 प्रतिकृया