Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


आफ्नैलाई समेट्न नसक्दा गच्छदारकाे राजनीति अवसान उन्मुख, चौधरीकाे उदय

एक्सन खबर
मंसिर, १०, २०७९


आफ्नैलाई समेट्न नसक्दा गच्छदारकाे राजनीति अवसान उन्मुख, चौधरीकाे उदय

इटहरी, १० मंसिर । नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले बिजयकुमार गच्छदारसँगको अग्रता बढाउँदै लगेकी छिन् । गच्छदारको कोर एरियामा समेत चौधरीका पक्षमा मत आएपछि सुनसरी क्षेत्र नं. ३ मा यो पटक महिला नेतृत्व आउने देखिएको छ ।

करिब ३७ हजार मत गणना भइसक्दा भगबती चौधरीले ४ हजार ५ सय बढी मतले अग्रता कायम गरिरहेकी छन् । क्षेत्रको इटहरीका १० वटा वडा, दुहवी नगरपालिकाका ३ वटा वडा र एउटा इनरुवा नगरपालिकाको मतगणना हुँदा चौधरीको ४६८७ मतकाे अग्रता छ । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले इटहरीका एकाध वडाहरुमा मत हासिल गरेपछि भित्र क्षेत्रहरु गणना हुँदा पहिलोबाट तेश्रो स्थानमा पुगेको छ ।

गच्छदारले आफ्नै कोर एरियाको मत जोगाउन नसक्दा चौधरीसँग कमजोर देखिए । क्षेत्रको गढी गाउँपालिकाको वडा नं. १, दुहवी नगरपालिकाको वडा नं. ८ र ९ मा गच्छदारको करिब ७० प्रतिशत मत थियो । स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसका उम्मेदवारले जितेका यी क्षेत्रमा उनलाई कम मत आयो ।

दुहवी ८ सोनापुरमा २५ सय ६८ मत खसेकोमा गच्छदारलाई ९४० मत मात्र आयो, चौधरीले ४६ मतले डिल गरिन् । यस्तै दुहवी ९ को सम्पूर्ण मत गणना हुँदा गच्छदारले ११४ मतले अगाडी देखिए । यो क्षेत्रमा गच्छदार पक्षले ७० प्रतिशत मत खस्ने अनुमान गरेका थिए । इटहरीका १० वटा वडाहरुमा पनि गच्छदार कमजोर देखिए । वडा नं. ७, ८, ९, १० मा कांग्रेसको पकड भएपनि जनताले बगावत गर्दै घण्टी र सुर्यमा मत दिए । क्षेत्रकाे काेर एरियामा कमजाेर देखिएपछि गच्छदार छट्पटिएका छन् ।

गच्छदारले ३१ वर्षसम्म केही नगरेको, आफ्नो मात्र स्वार्थ हेरेको, पुराना साथीहरुलाई समेट्न नसकेको तथा बहुचर्चित बालुवाटार ललिता निवास सरकारी जग्गा प्रकरणका मुख्य आरोपित भएकाले आफ्नै कार्यकर्ता रुष्ट थिए । साथमा यो पटकको निर्वाचनमा उनलाई किन जनताले जिताउने स्पष्ट एजेण्डा पनि थिएन । थारुको महिसा भन्दै क्लष्टर भोट तान्न खोजेपनि असफल भए ।

०६४ सालसम्म एकपक्षीय रुपमा चुनाब जित्दै आएका गच्छदार ०७० सालदेखि चौधरीसँगको प्रतिष्पर्धामा मुस्किलले जितिरहेका थिए । त्यसो त, यसअघिका दुई वटा निर्वाचन भगबती चौधरीसँग लड्दा ब्यापक धाँधली गरेको आरोप गच्छदारलाई छ ।

बिहीबार राती करिब ११ बजेतिर गच्छदार दुहवीस्थित कवर्ड हलमा आउँदा पुनः धाँधली पो हुने हो कि ? भन्ने आशंका उब्जियो । आधा रातमा एकाध कार्यकर्ता सहित मतगणना स्थल प्रवेश गर्ने ठाउँभन्दा फरक स्थानबाट सुरक्षा चेक जाँच नै नगराई गच्छदार प्रवेश गर्न खोज्दा विवाद उत्पन्न भएको थियो । त्यसमाथि गच्छदारलाई लिन प्रमुख निर्वाचन अधिकृत उमाकान्त पौडेल सहितको टोली मतगणना स्थल छाडेर बाहिर आएका थिए ।

गच्छदार शौचालय गएको भन्ने अधिकृत पौडेल खाना खान आएको भन्ने तर, मत गणना स्थलमा रहेका स्थानीयहरुले धाँधली र सड्यन्त्र गर्न खोजेको भन्दै प्रतिवाद गरे । गच्छदार चुपचाप फर्किए ।

सुनसरी क्षेत्र नं. ३ को करिब २५ प्रतिशत मत गणना हुँदा गच्छदार माथि चौधरी लगातार हावी भइरहेकी छिन् । अब दुहवी, गढी, बर्जुका कोर एरियाहरु गणना हुन बाँकी छ । ती क्षेत्रमा स्वतन्त्रको भन्दापनि कांग्रेस र एमालेको संगठन बलियो छ । साथै, यी क्षेत्रमा अधिकांश कांग्रेसीले विद्रोह गर्दै यो पटक सुर्यमा भोट हालेको अनुमान छ । पछिल्लो अपडेट अनुसार प्रत्येक वडाहरुमा भगबती चौधरीकै पक्षमा भोट देखिएकाले गच्छदारको राजनीति अवसान तर्फ उन्मुख भएको पाइन्छ ।  













0 प्रतिकृया