भगबती चौधरी निरन्तर अगाडी, गच्छदार पछिपछि
एक्सन खबर
सुनसरी, ११ मंसिर । प्रतिनिधि सभा निर्वाचनमा भगबती चौधरी निरन्तर अग्रता बनाउन सफल भएकी छिन् । सुनसरी क्षेत्र नं. ३ को निर्वाचनमा प्रत्यासी उम्मेदवार बिजय कुमार गच्छदारलाई लगातार पछि पार्दै चौधरी अगाडी बढिरहेकी छिन् ।
करिब ६० प्रतिशत मत गणना भइसक्दा नेकपा एमालेकी उम्मेदवार चौधरी ४ हजार ६ सय बढी मतले अगाडी छिन् । निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको पछिल्लो मतगणनाको अध्यावधिक विवरण अनुसार ५९ हजार नौ सय ८१ मत गणना हुँदा चौधरीले २६ हजार ४५ मत प्राप्त गरेकी छिन् । उनलाई पछ्याईरहेका गच्छदारले २१ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् ।
तेश्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ५ हजार नौ सय ६८ मत प्राप्त गरेका छन् । गणना भएका मत मध्ये ५६ हजार ८ सय १६ मत सदर हुँदा ३ हजार १ सय ६५ मत बदर भएका छन् । अब ३२ हजार ५ सय ५४ मत गणना हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सुनसरी ३ मा गच्छदारको कोर एरियाबाट समेत चौधरीलाई मत आएकाले यो पटक उनको जित सुनिश्चित देखिएको छ । अब सुनसरी क्षेत्र नं. ३ को गढी गाउँपालिकाको वडा नं. २ देखि ६ सम्म, बर्जु गाउँपालिकाको १ देखि ६ नं. वडाको मत गणना हुन बाँकी रहेको छ ।
यस्तै, सुनसरी क्षेत्र नं. ३ प्रदेश सभा १ मा नेकपा एमालेका रोहीत बहादुर कार्की विजयी भइसकेका छन् । उनले गठबन्धनकी उम्मेदवार सरस्वती पोखरेललाई पराजित गरेका हुन् । क्षेत्रको प्रदेश सभा २ तर्फ मतगणना जारी छ ।
0 प्रतिकृया