Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


सुनसरी ३ मा भगबती चौधरी ऐतिहासिक जिततर्फ

एक्सन खबर


सुनसरी ३ मा भगबती चौधरी ऐतिहासिक जिततर्फ

सुनसरी, १३ मंसिर । १० वर्षदेखि संसदमा गएर देश र जनताको पक्षमा काम गर्ने भगबती चौधरीको सपना पुरा हुने चरणमा छ । नेकपा एमालेकी केन्द्रीय सदस्य चौधरीले प्रतिनिधि सभा निर्वाचनमा ऐतिहासिक जित दर्ता गर्ने निश्चित भएको हो ।

सुनसरी निर्वाचन क्षेत्र नं. ३ को जारी मतगणना अनुसार नेपाली कांग्रेसका हेभिवेट उम्मेदवार बिजयकुमार गच्छदारदाई ५५३५ मतान्तरले पछि पारेकी छिन् । १० हजार ६ सय ३४ मत गणना हुन बाँकी रहँदा चौधरीले ५५ सय बढीको अग्रता कायम गरेपछि गच्छदार पराजय उन्मुख भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार पछिल्लो मत गणनामा भगबती चौधरीले ३६ हजार १ सय ३६ मत प्राप्त गर्दा गच्छदारले ३० हजार ६ सय १ मत प्राप्त गरेका छन् । तेश्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार २ सय ६९ मत प्राप्त गरेका छन् ।

अब सुनसरी ३ अन्तरगतको बर्जु गाउँपालिकाको वडा नं. ४, ५ र ६ नं. वडाको मत गणना हुन बाँकी रहेको छ । यी वडाहरुमा पनि भगबती चौधरीलाई नै मत आउने अनुमान छ ।

यस्तै प्रदेश सभा २ अन्तरगत नेकपा एमालेकै उम्मेदवार अगाडी छन् । नेपाली कांग्रेसका उम्मेदवार विन्देश्वर यादवलाई पछि पार्दै एमालेका रामदेव यादव ८ सय १४ मतले अगाडी छन् । प्रदेश सभा १ तर्फ एमालेकै रोहीत बहादुर कार्की विजयी भइसकेका छन् ।  














1 प्रतिकृया
Sahauddin
3 years ago

Balla desh Sahi Disha Tira lagyo aasa xa aba Nepal ma Pani khusiyali aauxa