पत्रपत्रिकाः संघीय संसद्काे अधिवेशन पुस तेस्रो साता !
एक्सन खबर
काठमाडाैं, २९ मंसिर । सरकारले संघीय संसद्को अधिवेशन पुस मध्यतिर बोलाउने गरी छलफल सुरु गरेको छ । ‘पुसको १५ वा १७ गते बोलाउने कि भन्ने हिसाबले छलफल अगाडि बढेको छ । ढिलो भए पनि २० गते कट्दैन होला,’ सत्तारूढ गठबन्धनका एक नेताले भने ।
माओवादी महासचिव देव गुरुङले भने राष्ट्रपतिले नवनिर्वाचित सांसदको शपथग्रहणको समय तोकेपछि त्यही सेरोफेरोमा अधिवेशन आह्वानको सिफारिस हुने बताए । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारमा उल्लेख छ ।
संविधानको धारा ९३ (१) मा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।
0 प्रतिकृया