Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


शपथ ग्रहणलगत्तै राष्ट्रपतिको भूमिकाबारे गगन थापाकाे प्रश्न

एक्सन खबर
पौष, ७, २०७९


शपथ ग्रहणलगत्तै राष्ट्रपतिको भूमिकाबारे गगन थापाकाे प्रश्न

काठमाडौं, ७ पुस । कांग्रेस महामन्त्रीसमेत गगनकुमार थापाले राष्ट्रपतिको भूमिकाबारे सदनमा छलफल हुनुपर्ने बताएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अब राष्ट्रपतिको भूमिकाबारे सदनमा छलफल हुनुपर्ने बताएका हुन् ।

सार्वभौम सम्पन्न संसदले पास गरेर पठाएका विधेयकलाई राष्ट्रपतिले आफ्नो मनको आधारमा ठिक वा बेठिक भन्नु सदनको अधिकार खोसिएको हुने भन्दै थापाले राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्ने बताएका हुन् ।

संघीय संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राखेकी छन् ।

 हालै सरकारले पठाएको मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ संशोधन गर्न बनेको अध्यादेश पनि राष्ट्रपति भण्डारीले रोकेकी छन् । नागरिकता विधेयकबारे संसदमा छलफल हुनुपर्ने बताउँदै उनले राष्ट्रपतिलाई दिएको भूमिकाबारे पनि छलफल हुनुपर्ने बताएका हुन् ।
 













0 प्रतिकृया