Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु’ लिङ्देनको शपथ

एक्सन खबर
पौष, ७, २०७९


‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु’ लिङ्देनको शपथ

काठमाडौं, ७ पुस । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

संघीय संसद सचिवालयले उपलब्ध गराएको अनुसूची ३ प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा १ संम्बन्धित् व्यवहोराअनुसार सांसदहरुले शपथ ग्रहण गरे ।

तर, त्यसमा केही शब्द थपेर राप्रपा अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरे । उनले थप शपथ भन्दै ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु’ भनेर शब्द थपेर शपथ ग्रहण गरेका हुन् ।

उनीसहित राप्रपाका १३ जना सांसदले साेही व्यहाेरामा शपथ लिएका राप्रपा प्रवक्ता माेहन श्रेष्ठले जानकारी दिए ।















0 प्रतिकृया