Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


काठमाडौंमा सत्ताको खेल चल्दा लिङ्देन भने झापामा भक्का खाँदै

एक्सन खबर
पौष, ८, २०७९


काठमाडौंमा सत्ताको खेल चल्दा लिङ्देन भने झापामा भक्का खाँदै

काठमाडौं, ८ पुस । काठमाडौंमा सत्ताको खेल सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको प्रधानमन्त्री दाबी गर्न दिएको १० पुसको समयसीमा घर्कंदै गएका बेला कसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भन्ने बहस र छलफल सुरु भएको छ । सत्तागठबन्धनमा आबद्ध दलका नेताहरू अहिलेकै गठबन्धनलाई निरन्तरता दिने निर्णयमा पुगेका छन् । तर, पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने विषय पेचिलो बन्दा दलहरूबीच सघन छलफल हुन बाँकी नै छ ।

यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी जबर्जस्त रूपमा उदय भएका छन् । यी चारमध्ये जनमत र नागरिक उन्मुक्ति पार्टी सरकारमा जान चाहेका छन् । रास्वपाले पनि सरकारमा जाने मनस्थिति बनाएको छ । तर, उसले अन्य दलसँग छलफल थालेको छैन ।

अघिल्लो निर्वाचनमा एक सिट जितेको राप्रपाले यसपटक प्रत्यक्ष र समानुपातिकमा गरी सात सात सिट जितेर १४ सांसद पाएको छ । तर, राप्रपाले सरकारमा जाने सोच बनाएको देखिन्न । त्यही भएर सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन अहिले सत्ताको खेल चल्दै गर्दा गृहजिल्ला झापा पुगेका छन् । उनले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमाले मिलेर स्थिर सरकार बनाउन् भन्ने अभिव्यक्ति दिएका छन् । राप्रपा एमालेसँग गठबन्धन गरेर चुनावमा गएको थियो ।

‘हामी सत्ताको दौडमा छैनौं, अध्यक्ष राजेन्द्र लिङ्देन झापाको आफ्नो निर्वाचन क्षेत्रमा पुगेर थारू परिकार भक्का खाँदै हुनुहुन्छ । काठमाडौंमा नयाँ सरकार गठनको दृश्य र अदृश्य खेलहरु हुँदैछन् । आदेश परमादेशहरुको युग समाप्त गरौं भन्ने हाम्रो अन्तर्मनको पवित्र चाहना हो, यो नै नेपालको दीर्घकालीन हितमा हुनेछ । जनादेशबाट राप्रपा, रास्वपा, जनमत लगायतका नयाँ शक्तिहरुको उदय हुँदैगर्दा चुनावपछिको सरकारमा नेपाली ‘फ्लेवर’ आउनुपर्छ, फेरि पनि अहितकर मिसावटको खतरा देखिँदैछ,’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देनको फोटोसहित फेसबुकमा लेखेका छन् ।













0 प्रतिकृया