Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


विघटन भएकै स्थानमा एमाले र माओवादी

एक्सन खबर
पौष, १०, २०७९


विघटन भएकै स्थानमा एमाले र माओवादी

काठमाडौं, १० पुस । नेपालको राजनीति दुईअघिको अवस्थामा पुगेको छ । तत्कालीन नेकपाभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भनिएको आलोपालो प्रधानमन्त्री बनाउने सहमति कार्यान्वयनको संघर्ष चलेको थियो ।

साविक नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने भएको भनिएको सहमति कार्यान्वयन गर्ने नगर्ने विषयमा संघर्ष चलेको थियो । उक्त संघर्षले मुलुककै राजनीति अस्थिरतामा धकेलियो ।

नेकपाभित्रको विवादले ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका थिए । नेकपाभित्रको विवाद चर्किंदै जाँदा प्रचण्ड र नेता माधवकुमार नेपालसहितको सहयोगमा आफूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि ओलीले संसद विघटन गरेका थिए ।

संसद पुर्नस्थापनाको नाममा प्रचण्ड र नेपालले पार्टीभित्रबाट ओलीलाई कारबाहीको निर्णयदेखि प्रधानमन्त्रीबाट हटाउन संघर्ष चल्यो । र अन्ततः संसद पुनर्स्थापित भयो भने एमाले विघटन भई एमाले र माओवादी केन्द्र ब्यूँतियो । साथै एमाले विभाजन भयो ।

संसद विघटन गराउनेदेखि एमाले विभाजन गराउनेसम्मको कारक थियो– ओली र प्रचण्डबीच आलोपालोको सहमति कार्यान्वयन नहुनु । ठिक आइतबार उनै ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

यसैविच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा)ले पनि सरकारमा सहभागी हुने निर्णय गरेको छ  । आइतबार बसेको आकस्मिक बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको एक नेताले बताए ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय अब केहि समय मात्र बाँकी छ । उक्त समयमा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै नेताहरु राष्ट्रपति निवास शितल निवास जाने तयारी गरिरहेका छन् ।

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । सात दलको सहमतिमा प्रचण्ड प्रधानमन्त्री बन्दैछन् । 













0 प्रतिकृया