Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेताहरू शीतल निवासमा

एक्सन खबर
पौष, १०, २०७९


प्रचण्डलाई प्रधानमन्त्री  बनाउन नेताहरू शीतल निवासमा

काठमाडौं, १० पुस । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा सिफारिस गर्न दलका नेताहरु राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न दिएको एक साताको समय सकिन केही मिनेट बाँकी रहँदा नेताहरु शीतल निवास पुगेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा आइतबार अपरान्ह एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ।

उक्त सहमतिपछि १६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलका शीर्ष नेताहरु ४ बजेर ४३ मिनेटमा राष्ट्रपति कार्यालय पुगेका छन् । एमाले अध्यक्ष ओली, प्रचण्डसहितका नेता शीतल निवासमा छन् ।
 

















0 प्रतिकृया