Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


पहिलो शक्ति बनेपनि कांग्रेस प्रतिपक्षमा

एक्सन खबर
पौष, १०, २०७९


पहिलो शक्ति बनेपनि कांग्रेस प्रतिपक्षमा

काठमाडौं, १० पुस । कांग्रेससहित ३ वटा दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बाहिर रहने भएका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सरकार बाहिर रहने भएका हुन् ।

आमनिर्वाचनमा पहिलो शक्ति बने पनि नेपाली कांग्रेसले अन्य दलहरूसँग सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य भएको हो । एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी बैठकले नै सरकारमा नजाने निर्णय गरेको हो ।

प्रचण्ड नेतृत्वको सरकारलाई नेकपा एमालेसहित ७ दल तथा स्वतन्त्र सांसदहरूले समेत समर्थन गरेका छन् । प्रचण्ड प्रधानमन्त्री सहित सरकारकाे दावी गर्दै शीतल निवास पुगेका छन् ।

ठूलाे दल भएपनि सरकारकाे दावी गर्न सक्दा कांग्रेसमा असन्तुष्टि बढेकाे छ । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पाैडेलले सभापति शेरबहादुर देउवाका कारण सरकार बनाउन नसकिएकाे बताए । उनले प्रचण्डसँग गरिएकाे सहमति देउवाले ताेडेकाे जिकीर गरे ।













0 प्रतिकृया