प्रचण्ड मुलुककाे ४४ औं प्रधानमन्त्रीमा नियुक्त
एक्सन खबर
काठमाडाैं, १०, पुस । पुष्पकमल दाहाल १६७ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने बनेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल नेकपा एमाले सहित ७ दलकाे समर्थनमा तेश्राे पटक प्रधानमन्त्री भएका हुन् ।
आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष ओलीसँग बार्ता गरेका प्रचण्ड ७ दल र १६९ सांसदसहित सरकारकाे नेतृत्व दावी गर्न शीतल निवास पुगेका थिए ।
यसअघि बालकोटस्थित एमाले अध्यक्ष ओली निवासमा दिउँसो बसेको ७ दलको बैठकले प्रधानमन्त्रीमा प्रचण्डलाई अघि सार्ने निर्णय गरेकाे थियाे । त्यसअघि नेपाली कांग्रेससँग बार्ता गरेकाेमा कांग्रेस सभापति देउवाले पहिलाे प्रधानमन्त्री आफैं बन्ने अडान लिएपछि उनी बालकाेट गएका थिए ।
२७५ सांसद रहेको प्रतिनिधि सभामा प्रचण्डलाई एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समत समर्थन छ । प्रचण्डलाई एमालेको ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र अमरेशकुमार सिंहसहित १६९ सांसदले समर्थन गरेका छन् ।
सात दलबीच भएको सहमति अनुसार ओली र प्रचण्ड आधा आधा कार्यकाल प्रधानमन्त्री हुने छन् । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख सहितका पदहरुको भागवण्डा भने मिलिसकेको छैन ।
प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा धेरै दलहरुको समर्थनमा प्रधानमन्त्री भएका हुन् । मंसिर ४ को निर्वाचनमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन आह्वान गरेकिमा समय सिमाभित्रै प्रचण्ड शीतल निवास पुगेर दाबी पेश गरेका हुन् ।
प्रचण्ड यसअघि पहिलाे पटक २०६४ चैत २८ मा भएको संबिधानसभा निर्वाचनमा नेकपा माओबादी सबैभन्दा ठूलो पार्टी बनेपछि प्रधानमन्त्री बनेका थिए । कटुवाल प्रकरणमा विवादमा पर्दा राष्ट्रपति रामवरण यादवले रुक्माङ्गद कटुवाललाई प्रधानसेनापतिमा थमौती गरेको पत्र दिएपछी उनले राजीनामा थिए ।
उनी दाेश्राे पटक २०७३ सालमा प्रधानमन्त्री भएका थिए ।
0 प्रतिकृया