‘नागरिकता र पासपोर्ट छानबिनका लागि कुनै हस्तक्षेप हुँदैन’ गृहमन्त्री लामिछाने
एक्सन खबर
काठमाडौं, ११ पुस । नवनियुक्त गृहमन्त्री रवि छामिछानेले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर लामिछानेले पदभार ग्रहण गरेका हुन् ।
पदभारका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेले निर्मला पन्तको बारेमा गृह सचीव बिनोद सिंहसँग जिज्ञासा राखेका थिए । साथै, साे अवसरमा लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका लागि कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।
लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने दाबी गरे । अपराध अनुसन्धान महाशाखाले उनको पासपोर्टबारे सुक्ष्म ढंगले छानबिन गरिरहेकै बेला दलहरुले उनलाई गृहमन्त्री बनाएका छन् ।
'म, ऊ, मेरो, आफ्नो भनेर पक्षपात हुँदैन । सबैलाई बराबर न्याय हुन्छ । निष्पक्ष छानबिन गर्न मेरो सहयोग रहन्छ । कुनै पनि किसिमको कम्पाेरमाइज हुँदैन,’ पदभार ग्रहण गर्दै उनले भने ।
0 प्रतिकृया